Tuesday, June 22, 2021
Home अर्थ पुवाखोला हाइड्रोपावरमा काम गर्ने कर्मचारीले २२ महिनादेखिको तलब पाएनन्

पुवाखोला हाइड्रोपावरमा काम गर्ने कर्मचारीले २२ महिनादेखिको तलब पाएनन्

,

इलाम । पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवा सुविधा नदिएको गुनासो छ । इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोलामा तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् ।

लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको कर्मचारीहरु बताउँछन् । यसरी कहिले काही मात्र थोरै तलब दिने गरेकाले झण्डै दुई वर्षको तलब आफूहरुले पाउन बाँकी रहेको कर्मचारीहरु बताउँछन् । खाईपाई आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर व्यवस्थापनले उल्टै जागिर छोड्न दबाव दिने गरेको इन्टेकमा कार्यरत कर्मचारी निर्मल घिमिरेले बताए ।

मृत्यु भइसकेका कर्मचारीको समेत सबै तलब उपलब्ध नगराएको कर्मचारीहरुको गुनासो छ । तलब नपाएपछि केहीले काम छोडेका छन् । अहिले २० जना कर्मचारी कार्यरत रहेका छन् । काम छोडिसकेकाले पनि आफ्नो तलब हालसम्म नपाएको बताएका छन् । निर्माणको क्रममा हाइड्रोपावरले स्थानीयलाई जागिर दिने शर्तमा जग्गा लिएको कर्मचारी बताउँछन् । ‘जागिर दिन्छौं भने जागिरको लोभमा हामीले उनीहरुकै मूल्यमा जग्गा दियौं’ कर्मचारी सुर्य घिमिरेले भने, ‘जागिर त दिए तर तलब दिएनन् ।’ अहिले त्यही जागिर पनि छोड्न दबाव दिइरहेको उनले बताए ।

जागिर दिने शर्तमै आफूले पनि हाइड्रोपावरलाई छ रोपनी खेत उसैले तोकेको मूल्यमा दिएको निर्मल घिमिरेले बताए । निर्माण अवधिमा नियमित तलब दिएपनि निर्माण सम्पन्न भएपछि भने नियमित तलब दिन छोडेको उनले बताए । कम्पनीले २३ जना कर्मचारीको ४० लाखभन्दा बढी तलब दिन बाँकी रहेको उनले बताए । कर्मचारीको मात्र होइन हाइड्रोपावरले निर्माणअवधिको कामदार, ठेकेदार र निर्माण सामग्रीको पैसासमेत भुक्तानी गर्न बाँकी रहेको बुझिएको छ । उत्पादन गृहमा रातको समयमा समेत ड्यूटी गर्नुपर्ने भए पनि गतिलो आवाससमेत बनाइदिएको छैन । बगरमा टीनले बारेको छाप्रोमा बसेर रातको समयमा ड्यूटी गर्न बाध्य हुनुपरेको कर्मचारीले गुनासो गरेका छन् ।

प्लान्ट बन्द गर्ने
तलब माग गर्दा जागिर छोड्नु भनेर धम्की दिन थालेपछि कर्मचारीहरुले उत्पादन गृह (प्लान्ट) नै बन्द गर्ने बताएका छन् । एक सातामा पनि व्यवस्थापन पक्ष आएर सेवा सुविधा उपलब्ध नगराए उत्पादन गृहनै बन्द गर्ने सबै कर्मचारीहरुको भेलाले निर्णय गरेको कर्मचारी चन्द्र श्रेष्ठ बताउँछन् । ‘हामीले वडा कार्यालय, नगरपालिका र प्रशासनलाई समेत जानकारी गराइसकेका छौं’ कर्मचारी श्रेष्ठले भने, ‘हाम्रो समस्यामा हाइड्रोपावर गम्भीर नभएकाले हामी आन्दोलित हुन बाध्य भएका छौं ।’ चार मेगावाट क्षमताको सो हाइड्रोपावरको एक वर्षदेखि एउटा मेशिन बिग्रिएकाले उत्पादनको आधाभन्दा कम विद्युत मात्र उत्पादन भइरहेको छ ।

यता हाइड्रोपावरका कदम केसीले भने आयोजना घाटामा रहेकाले सयमै तलब दिन नसके पनि समय समयमा तलब भुक्तानी गर्दै आएको बताउँछन् । माघ महिनामा मात्र तलब भुक्तानी गरेको उनले बताए । तर, माघमा भुक्तानी गरिएको तलब अघिल्लो वर्षको दुई महिनाको भएको कर्मचारीहरु बताउँछन् । ‘आयोजना घाटामा छ, हामीले ऋण काढेर भएपनि केही महिनाको तलब दिइरहेका छौं’ हाइड्रोपावरका केसीले भने, ‘अब केही दिनमै हामी बाँकी तलब भुक्तानी गर्छौ ।’ दबावको भरमा काम नगरी जागिर खाइरहेकाले सबैलाई काममा लगाउन नसकिने उनले बताए । उनले भने, ‘एक पटकलाई भुक्तानी गर्छौ तर अब पनि छोडेनन् भने हामी अर्को पटक तलब खुवाउन सक्दैनौं ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

ट्रेन्डिङ

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

  काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा...

प्रदेश १ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना भाईरस (कोभिड १९) संक्रमीत को मृत्यु भएको छ । मृत्यु हुने सवै...

खाद्यन्न बोकेर वडाध्यक्ष नगरबासीको घरमा

बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका–८ का कमजोर आयस्रोत हुनेको चुलो बल्न छोडेपछि वडा अध्यक्ष प्रकाश रावल खाद्य सामाग्री बोकेर वडावासीको घरमा पुगेका...

ग्यास सिलिन्डर पड्किएर आगलागि हुँदा चार घर खरानी

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुल्ला टोलमा बुधबार राती भएको आगलागिबाट चार घर नष्ट भएका छन् । आगलागिबाट २५ लाख बराबरको धनमाल नष्ट...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको...

भक्तपुरमा सशस्त्र प्रहरी र नर्समा कोरोना पुष्टि भएपछि दुई बस्ती सिल

भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ...

सङ्क्रमित घर गएपछि अस्पताल खाली

भैरहवा । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ सङ्क्रमित आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई...

दातृ निकायको सहयोग ५ अर्बले घट्यो

काठमाडौं । विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा बजेट बाहिर रहेर ४० अर्ब ४१ करोड ५२ लाख ५६ हजार रुपैयाँ...

सुटिङ स्थगित गरेर सुरक्षातर्फ ए मेरो हजुर

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर–४’ युनिटले शुक्रबारबाट छायांकन स्थगित गरेको छ । कोरोना भाइरस...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका...

गोबिन्द केसीलाई सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न साझा पार्टीको माग

काठमाडौं । स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै डा. गोबिन्द केसीले जुम्लाको रानिचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा शुरु गरेको...

बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)