बारा । बारामा एक कार्यक्रमको बिच पुलको शिलान्यास गरिएको छ । कलैया उपमहानगरपालिका-२७ स्थित बरवा-स्मृति पुलको शिलान्यास गरिएको हो ।
पुर्व कृषि मन्त्री ज्वाला साहले वैदिक मन्त्रद्वारा पुलको शिलान्यास गरिएको हो । पुलको शिलान्यास गर्दै मन्त्री साहले ‘ पुल नहुदा स्थानीयवालीले भोग्दै आएको समस्यालाई बुझेर बजेट विनियोजन गराइएको बताइन ।
वर्षायाममा पुल नहुँदा स्थानीयवासी आर्जित भएका थिए । गर्भवती महिलादेखि दीर्घ रोगीहरुलाई पुल नहुँदा समस्या परेको बताइन । पुल निर्माण सम्पन्नसंगै स्थानीयवासीले भोग्दै आएको समस्यालाई समाधान हुने विश्वास लिएको मन्त्री साहले बताइन ।
‘आफु पदमा रहनु ठुलो कुरो हैन कि जनताको समस्या समाधान गर्नु ठुलो कुरा रहेको उनले बताइन । आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मधेश प्रदेश सरकारको भौतिक पूर्वधार मन्त्रालयबाट विनियोजित बजेटमार्फत पूर्वधार विकास कार्यालय कलैया बाराद्वारा निर्माण हुन लागेको उक्त नदी वर्षौंदेखि जीर्ण अवस्थामा रहेको थियो ।

करिब १ करोड़ रुपैयाँको लागतमा निर्माण हुने यस आयोजनाले स्थानीय आवत जात गर्नको लगी प्रवर्द्धनसँगै विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष अशोक तिवारी, वडा सदस्य आलमहमद अन्सारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला सचिव अमृत शर्मा बाजगाई, प्र.अ. अजय तिवारी लगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा दुवारिका सहनी, देवन राम, बदरी चौधरी, साधु मण्डल, रमेश सहनी, बृजकिशोर चौधरी, बालचन कुशवाहा, बीरेन्द्र मण्डल, सरोज जयसवाल, शंकर महतो लगायतको सहभागिता रहेको थियो।





