फेसबुकमा स्टाटस लेखेका दार्चुला सम्पाल माविका प्रधानाध्यापक धामी विद्यालयमै मृत फेला

धनगढी । दार्चुलाका एकजना प्रधानाध्यापक विद्यालयमै मृत फेला परेका छन् । जिल्लाको ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी मृत फेला परेका हुन् ।

उनले आत्महत्या गरेको प्रहरीको भनाई छ । उनले आत्महत्या अघि सामाजिक सञ्जाल फेसबुकमा लामो भावुक स्टाटस लेख्दै विभिन्न व्यक्ति र समूहविरुद्ध गम्भीर आरोप लगाएका छन् ।

धामीले आफूलाई योजनाबद्ध रूपमा चरित्रहत्या, मानसिक तनाव र सामाजिक अपमानमा पारिएको दाबी गर्दै त्यसकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले आफ्ना परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा विद्यालयलाई नमुना बनाउने अभियानमा लाग्दा दुष्मनहरूको षड्यन्त्रको सिकार भएको दाबी गरेका छन् ।

स्टाटसमा उनले विद्यालयमा आफूले गरेको कामहरूको लामो विवरण सार्वजनिक गरेका छन् । १८ कोठे पक्की भवन निर्माण, पुस्तकालय, आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, हरित विद्यालय निर्माणदेखि विद्यार्थीलाई निःशुल्क पोशाक वितरणसम्मका काम आफ्नो नेतृत्वमा सम्पन्न भएको उनको दाबी छ ।

धामीले केही शिक्षक, स्थानीय राजनीतिक व्यक्तित्व र निर्माण व्यवसायीमाथि आफूलाई झुटो बलात्कार आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले केही व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गर्दै उनीहरूविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो शैक्षिक इतिहास समाप्त पार्ने र स्वाभिमानमाथि गम्भीर चोट पु¥याउने काम भयो । मानसिक तनाव र डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भएँ ।’ आफ्ना दुई छोरा र श्रीमतीलाई सम्बोधन गर्दै धामीले भावुक सन्देश पनि छोडेका छन् । उनले आफ्ना छोराहरूलाई मुटु दरो बनाउन आग्रह गर्दै श्रीमतीलाई छोराहरूको विशेष ख्याल गर्न अनुरोध गरेका छन् ।

त्यस्तै उनले आफ्नो मृत्युपछि डीएनए परीक्षण गर्नसमेत माग गरेका छन् । आफूविरुद्ध लगाइएको आरोप झुटो सावित गर्न डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न परिवारलाई आग्रह गरेका छन् ।

धामीले प्रधानमन्त्री, राजनीतिक दलका नेताहरू तथा सरकारलाई समेत सम्बोधन गर्दै ठालुहरूको दबदबामा समाज परिवर्तन हुन नसक्ने टिप्पणी गरेका छन् ।

घटना’bout प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । धामीको मृत्युको वास्तविक कारण र उनले लगाएका आरोप’bout अनुसन्धान हुने दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताए । प्रधानाध्यापक धामी सोमबार बिहान विद्यालयको निवासमा मृत फेला परेका हुन् । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन भएको डिएसपी महतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

एसईई उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान