Saturday, July 11, 2020
Home प्रदेश प्रदेश ४ मनाङ प्रवेशमा रोक

मनाङ प्रवेशमा रोक

मनाङ । कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ । मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ ।

देशका करिब ६० जिल्लामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भइसकेकाले पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाइएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । घलेका अनुसार धेरैजसो जिल्लामा सङ्क्रमण फैलिसकेकाले मनाङमा सङ्क्रमण प्रवेश हुन नदिनका लागि यस्तो निर्णय गरिएको हो ।

जिल्लाको प्रवेश नाका नासों गाउँपालिका–१ तालडाँडामा जाँचचौकी बनाएर कडाइ गरिएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा जाँचचौकी राखेर नै कडाइका साथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको उनले बताए । ‘यहाँका बासिन्दालाई सुरक्षित बनाउने पहिलो जिम्मेवारी जनप्रतिनिधिको हो, त्यसैले कडाइ गरे यहाँ सङ्क्रमण फैलिन पाउँदैन भन्ने हेतुले २४ घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाएका छौँ’, घलेले भने ।

बन्दाबन्दीको अवस्थामा आउने गरेका तरकारी, फलफूल, मासु र पेयपदार्थको भने यही जेठ १७ गतेदेखि आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । ‘बन्दाबन्दीको अवधिमा अत्यावश्यक खाद्यान्न, ग्यास, विकास निर्माणसम्बन्धी सामग्री, औषधि तथा एम्बुलेन्सलगायतका सवारी आवातजावात गरिएको थियो, तर देशैभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यहाँ पनि सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्ने प्रयत्न गरिरहेका छौँ, मनाङवासीको सुरक्षालाई मध्यनजर गर्दै प्रवेशमा कडाइका साथै रोक लगाएका छौँ’, प्रजिअ पौडेलले भने ।

औषधि तथा एम्बुलेन्सलगायत सवारी साधनले मात्रै मनाङ प्रवेश गर्न अनुमति पाउनेछन् । नाकामा कडा जाँचपछि मात्रै जिल्ला प्रवेश गराउने भएको गाउँपालिकाले जनाएको छ ।

(Visited 497 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)