Saturday, July 11, 2020
Home प्रदेश प्रदेश ४ अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

बलेवा । सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ हुन थालेपछि विकल्पको खोजी हुन थालेको हो । भारतबाट आएकामा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि थप आइसोलेसन वार्ड बनाउन जिल्ला कमाण्ड पोष्टसहित सरोकारवाला जुटेको जिल्ला कमाण्ड पोष्ट बागलुङका संयोजक गौलोचन सैँजूले बताए । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानको खोजी थालिएको हो ।

‘हामी तयार रहनुपर्छ भन्ने हो सम्भावित ठाउँका विषयमा छलफल चलेको छ’, सैँजूले भने, ‘सदरमुकाम बाहिरका स्थानका विषयमा समेत सम्बन्धित स्थानीय सरकारसँग छलफल थालेका छौँ ।’ यसअघि सदरमुकाममा रहेको धवलागिरि अस्पातलमा १२ श्यया, सदरमुकाममै रहेका निलगिरि अस्पताल, सफल पोली क्लिनिक र गलकोटमा रहेको आरोग्य अस्पतालमा गरी चार श्ययाको आइसोलेसन तयार गरिएको थियो । अहिले धवलागिरि अस्पतालमा एक शङ्कास्पदसहित सात जनाको आइसोलेसनमै उपचार हुँदैछ भने अरु तयार रहेका आइसोलेसन बाँकी छन् ।

जिल्ला कमाण्ड पोष्ट र बागलुङ नगरपालिकाले धवलागिरि बहुमुखी क्याम्पसको भवन मङ्गलबार अवलोकन गरेका छन् । अस्पताल नजिक रहेको भवन उपयुक्त रहेकाले थप ५० श्ययाको आइसोलेसन गर्ने गरी तयारी थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘क्वारेन्टिनमा रहेका धेरै जनाको परीक्षणका लागि स्वाब पठाइएको छ, अहिलेसम्मको अवस्था हेर्दा भारतबाट आएकामा नतिजा पोजेटिभ आइरहेका छन्’, पौडेलले भने, ‘झण्डै २०० को नजिता आउन बाँकी छ, स्वाब लिन बाँकी रहेकाको पनि लिनु छ, यदि पोजेटिभ आए राख्ने उपचार गर्ने ठाउँको जोहो त गर्नै प¥यो ।’

उनले ५० जनासम्मका लागि धवलागिरि बहुमुखी क्याम्पसमा र बाँकी जिल्लाका अन्य स्थानमा समेत आइसोलेसन विस्तार गर्नुपर्ने बताए । पौडेलका अनुसार कुश्मीशेरा, गलकोट, बुर्तिवाङ, खर्वाङलगायत स्थानमा आइसोलेसन बनाउन जिल्ला तहमा छलफल शुरु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय भारतबाट आएका र अन्य केही गरी ३२७ को स्वाब प्रादेशिक प्रयोगशालामा परीक्षणका क्रममा छ । मङ्गलबार मात्रै सङ्कलन भएका ७७ जनाको स्वाब बुधबार प्रयोगशाला पुग्नेछन् ।

उनीहरुमध्ये अधिकांश भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा पाँच दिन समय बिताएका हुन् । ‘सङ्क्रमितको सङ्ख्या धेरै भएको मुलुकबाट आएकाले सम्भावना धेरै रहन्छ’, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘स्थानीय तहको क्वारेन्टिनमा एक हजार ३४१ जना हुनुहुन्छ ।’ छिटफुट मात्रै सङ्क्रमण देखापरे पनि तत्काल उपचार थाल्न आइसोलेसनको अभाव रहेकाले विकल्प खोज्न थालिएको हो ।

(Visited 28 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)