काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतर समूहको कार्यालयमा युवा समुहको जमघट देखिन थालेको छ । अनामनगरस्थित शिखर फुडल्यान्डबाट सिदै पूर्व जाने बाटोमा रहेको घरमा दुई महिनाअघि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको थियो ।
उक्त कार्यालयमा पूर्व केन्द्रीय सदस्य, विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा अन्य नेताहरूको उपस्थिति देखिएको छ । कार्यालय परिसरमा नेपाली काँग्रेसको चारतारे झण्डासँगै पार्टीका विभिन्न ऐतिहासिक नेताहरूका तस्बिरहरू समेत सजाइएका छन् ।
पार्टी गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरिएको नेता गुरु बरालले बताए । संस्थापनइतरको सम्पर्क कार्यालय भनिए पनि पूर्वसभापति शेरबहादुर देउवाको सारथीहरु भने त्यहाँ पुगेका छैनन् ।
पूर्वउपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधि र पूर्वप्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरु कोही पनि त्यहाँ पुगेका छैनन् ।
हालको सम्पर्क कार्यालयभन्दा अगाडिको घर कांग्रेस नेता राजेन्द्र बजगाईंको घर हो । १३ औं महाधिवेशनमा उक्त घर बजगाईंले शेरबहादुर देउवाको सचिवालय सञ्चालन गर्न दिएका थिए । उक्त सचिवलाय वर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ, डा. महत र पूर्वमुख्यसचिव कृष्णप्रसाद पौडेल र सञ्चारकर्मी परशु घिमिरेले सञ्चालन गरेका थिए ।
हाल अनामनगरमा खोलिएको उक्त कार्यालयमा कास्कीका युवा नेता गुरु बराल, ललितपुरका नेता जितजंग बस्नेत, बाग्लुङका जीत शेरचन, दोखलाका कुन्दन काफ्ले र मोरङका केदार कार्कीलगायत नेताहरूको सहभागिता रहेको जनाइएको छ ।
तीमध्ये बस्नेत राष्ट्रियसभामा, काफ्ले पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सांसद हुन् भने शेरचन हाल बागलुङ काँग्रेस सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीको जिम्मेवारीमा छन् । यस्तै कार्की कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् भने बराल कास्कीका युवा नेता हुन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठका अनुसार कार्यालयको उद्देश्य नयाँ राजनीतिक दल गठन नभई पार्टीभित्रको एकता मजबुत बनाउँदै महाधिवेशन तयारीमा सहयोग पु¥याउनु हो ।
सम्बन्धित समाचार
अनुसन्धानको राडरमा पूर्वसञ्चारमन्त्री जगदीश खरेल सुटुक्क स्वीट्जरल्याण्डतिर
सुकुम्वासीका घर जर्बजस्ती नभत्काउन सर्वोच्चको आदेश
बजेट अधिवेशनः सरकारको नीति तथा कार्यक्रम आज
प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित
प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान
राष्ट्रपति पौडेलले गरे मन्त्रिपरिषद् हेरफेर
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन
विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने एमालेको निर्णय






