काठमाडौं । नेपाली चलचित्रको निर्देशनमा करिब पाँच दशकदेखि निरन्तर योगदान पु¥याएको भन्दै अग्रज चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘दीर्घ साधना सम्मान २०८२’ बाट सम्मानित गरिएको छ ।
नेपाल चलचित्र निर्देशक समाजको १८ औँ वार्षिक साधारण सभा एवम् सर्जक अभिनन्दन समारोहको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित समारोहमा घिमिरेलाई सो सम्मान प्रदान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका पूर्व अध्यक्षहरू युवराज लामा, लक्ष्मीनाथ शर्मालगायतले सो सम्मान प्रदान गरे ।
सोही समारोहमा ‘हिरासिंह खत्री स्मृति सम्मान २०८२’ बाट निर्देशक किरण प्रधानलाई सम्मानित गरियो । यस्तै ‘निर्देशक समाज स्रष्टा सर्जक सम्मान २०८२’बाट अभिनेत्री एवम् निर्देशक रेखा थापा, निर्देशक तीर्थ थापा र निर्देशक बद्री अधिकारी सम्मानित भए ।
२०८२ सालको व्यावसायिक र कलात्मक रूपमा सफल चलचित्रका निर्देशकहरूलाई सोही समारोहमा ‘वर्ष निर्देशक’को अवार्ड प्रदान गरियो । यसरी वर्ष निर्देशकको अवार्डबाट पुरस्कृत हुनेहरूमा चलचित्र ‘अञ्जली’बाट निर्देशक मिलन चाम्स, चलचित्र ‘परान’बाट निर्देशक दीपकप्रसाद आचार्य, चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट सरोज पौडेल र चलचित्र ‘गुन्यु चोलो’बाट समुन्द्र भट्ट रहेका छन् ।
मुम्बईमा आफूले चलचित्र सम्पादन गरिरहेको बेला गुरुले नेपाल गएर चलचित्र निर्देशन गरे भनेपछि आफू नेपाल आएर चलचित्र निर्देशनमा निरन्तर लागेको निर्देशक घिमिरेल बताए । त्यसको परिणामस्वरुप आजको यो सम्मान ग्रहण गर्दा गुरुको निकै याद आइरहेको तुलसी घिमिरेले सो कार्यक्रममा बताए ।
नेपाली चलचित्रमा योगदान पु¥याउने अग्रज निर्देशकहरूलाई सम्मान र समकालीन रूपमा सफल चलचित्रका निर्देशकहरूलाई वर्ष निर्देशकको रूपमा अवार्ड प्रदान गर्दै आएको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले प्रकाश पारे । उनले तीन वर्षभित्र आफ्नो कार्यकालमा समाजबाट भएका कामको चर्चा पनि गरे । तीन वर्षीय कार्यकालको विवरण प्रस्तुत गर्दै अध्यक्ष पराजुलीले विभिन्न कारणले गर्दा सोचे अनुसारको काम यसपटक गर्न नसकेको भनाई राखे ।
निर्देशक समाजको यो अधिवेशनले तीन वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । समाजको अध्यक्षमा वर्तमान अध्यक्ष जनक दीप पराजुली र वर्तमान महासचिव अरुण कुमार प्रधानले नयाँ कार्यसमितिको अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
सम्बन्धित समाचार
प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार
शिव श्रेष्ठले फाउन्डेसन खोल्दै देखाए ‘जीवन रेखा’
चलचित्रको काम छाडेर फेशन ¥याम्पतिर अभिनेत्रीहरू
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
चलचित्र पत्रकारिता सम्मान एवम् पुरस्कार घोषणा
‘रोल नं १’को ट्रेलरमा बाल संघर्ष कथा
कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व
विष्णुको ‘चौतारीमा पिपल छ बर छैन…’रिलिज






