राजविराज । भारत सरकारको सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकामा सुविधा सम्पन्न विद्यालय भवन पुर्ननिर्माण गरिएको छ । १९५१ सालमा स्थापना भई जिर्ण अवस्थामा रहेको जनता माध्यमिक विद्यालयको भारत सरकारको सहयोगमा पुर्ननिर्माण गरिएको हो ।
उक्त नवनिर्मित विद्यालय भवनको बुधबार एक समारोहबीच बिरगंजस्थित भारतको महाबाणिज्य दुतावासका महाबाणिज्यदुत श्रीदेवी सहाय मीना र सुरुङ्गा नगरपालिकाका मेयर गिता चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तरगत उक्त विद्यालय पुर्ननिर्माण गरिएको भारतीय महाबाणिज्य दुतावास बिरगंजले जनाएको छ ।
उद्घाटन समारोहमा महाबाणिजयदुत श्रीदेवी सहाय मीनाले नयाँ संरचनाले यस क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच बढाउन निकै मद्दत पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपाल–भारत सम्बन्ध दुबै मुलुकको विकास, समृद्धि तथा सुरक्षाको आधारमा अगाडी बढ्नु पर्ने धारणा समेत राखे ।
सुरुङ्गा नगरपालिकाका मेयर गिता चौधरीले विद्यालय पुर्ननिर्माणमा भारत सरकारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै विकासको हरेक क्षेत्रमा दुबै देश मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।
नर्सरीदेखी स्नातकसम्म पढाई हुने उक्त विद्यालयमा कुल ६ सय २७ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ३ सय ५८ जना छात्रा छन् ।
सम्बन्धित समाचार
पाठेघर मुखको परीक्षण समयमा नै नगराए अवस्था भयावहः डा सिंह
मौलापुर नगरपालिकाको एसइइ परीक्षा उत्तीर्ण ९०.२३ प्रतिशत
‘क्यान्सरसँगका मेरा अनुभूति’ लोकार्पण
सप्तरीको वभनगामा टोलमा आगलागी, १२ घरगोठ जलेर नष्ट
सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो
५ हजार २ सय परिवारको पीडा सम्बोधन गर्न वार्ता सुरु
जङ्गली भ्याकुर खाँदा एकको मृत्यु, आठ जना बिरामी
एसईई उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान






