गोरखा । सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छन्। ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हन्।
श्रेष्ठले यसअघि २ हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन्। श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन्। श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गरेकी थिइन्। फोटो पत्रकारसमेत रहनुभएकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन्।
तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)






