सिन्धुपाल्चोकमा एक जनामा कोरोना संक्रमण

सिन्धुपाल्चोक । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक युवामा कोरोना संक्रमण भेटिएको छ । इन्द्रावती गाउँपालिका –१० का ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । भारतबाट जेठ १३ गते ती युवा घर आएका थिए । भारतबाट आएपछि उनलाई घर जान नदिइ मेलम्चीमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । कोरोना संक्रमण देखिएका ती युवा स्वास्थ्यकर्मीहरुको सम्र्पकमा रहेको ढकालले बताए ।

केन्द्रिय प्रयोगशालमा उनको स्वाब परीक्षण गर्दा कोरोना सक्रमण देखिएको थियो । उनीसँगै आएका अन्य चार जनामा भने कोरोना रिपोर्ट नेगेटिभ आएको ढकालले जानकारी दिए । कोरोना सक्रमीत युवासँगै अन्य पनि एउटै बसमा आएका थिए । ती युवा सवार बसमा काभ्रेका धेरै भएको सुरक्षा स्रोतले जानकारी दियो । ‘अरु पनि धेरै रहेछन्, बिच बिचमा ओर्लदा मेलम्चीमा आइपुग्दा जम्मा पाँच जना मात्रै थिए’, सुरक्षा स्रोतले भन्यो ।

क्वारेन्टाइमा भएपनि अब उनलाई आइशोलेसनमा राखेर उपचार गरिने भएको छ । सिन्धुपाल्चोकमा पछिल्लो दिनमा भारतबाट फर्केनेहरुको संख्यामा वृद्धि भएको छ । अहिले विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ७५ जना रहेका छन् । यो सहित सिन्धुपाल्चोकमा कोरोना संक्रमतिको संख्या दुइ पुगेको छ । यसअघि एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम