काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ ।
पहिलो दिन आज उद्घाटन समारोहसहित तीन खेल हुनेछ । जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि समूह बी मा रहेका इरान र बंगलादेशबीच बिहान ११ बजे पहिलो खेल सुरु हुनेछ । दिउँसो २ बजे उद्घाटन समारोह हुने छ । उद्घाटन समारोहपछि दिउँसो साढे ३ बजे समूह ए मा रहेका नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दिनको तेस्रो खेल समूह ए कै दुई टोली किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा समूह ए मा घरेलु टोली नेपाल र भारतसहित किर्गिस्तान र माल्दिभ्स छन् भने समूह बी मा इरान,काजाखस्तान, श्रीलंका र बंगलादेश छन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सुन्दरहरैंचामा ‘प्रथम अन्तर्राष्ट्रिय खोर्साने गोल्डकप’ हुने, विजेतालाई २ लाख पुरस्कार
विश्वकप लिग-२ टस हारेर नेपाल बलिङ गर्दै
गुल्मीमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
टेनिसका प्रदीप : ५ पल्ट मनोनयन, २ पल्ट अवार्ड
आईसीसी क्रिकेट : नेपाल र अमेरिका भिड्दै, यसकारण छ नेपालका लागि आजको खेल निकै महत्वपूर्ण
राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि
गछिया गोल्डकपको आय–व्यय सार्वजनिक, दोस्रो संस्करण अझ भव्य बनाइने
प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु






