फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै

फाइल तस्बिर

पोखरा । पोखराको फिर्के खोलाको खोलाघर मिचेर बनाइएका संरचनामाथि आजदेखि डोजर चलाइने भएको छ । पोखरा महानगरपालिकाले बिहान १० बजेदेखि विभिन्न ३ स्थानबाट डोजर चलाउने तयारी गरेको हो ।

त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, सचिव तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि महानगरले अनुरोध गरेको छ ।

डोजर चलाउनुपूर्व विभाजन गरिएका ३ केन्द्रहरुमा अँधेरीकुना केन्द्र (विन्ध्यवासिनी मन्दिरभन्दा पश्चिम), बूढानीलकण्ठ मन्दिर केन्द्र (फिर्के पुल) र जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस संचालक कम्पनीको कार्यालय अगाडि) हुन् ।

यसअघिको नापजाँचमा खोलाघर मिचेर बनाइएका १ सय ६० संरचना रहेको पाइएको थियो । ती संरचना हटाउने’bout पोखरा महानगरले २०८० सालमा पनि प्रयास थालेको थियो । तर उच्च अदालत पोखरामा रिट प¥यो । लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगर अघि बढेको हो । हालैमात्र महानगरले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । जसको म्याद ९ जेठमा सकिएको छ ।

पोखराको वडा नम्बर १८, अँधेरीकुनाबाट सुरु हुने फिर्केखोलाले पोखराका ३३ वडाहरुमध्ये ८ वटा वडाहरु छुन्छ । १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भइ बग्छ ।

फेवातालमा मिसिने फिर्केखोला केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने खोला रहेको बूढापाका बताउँछन् । बढ्दो सहरीकरणका कारण यो क्रमशः दुर्गन्धित र अतिक्रमणमा पर्दै गएको छ ।

खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजना’bout व्यापक छलफल गरी योजनाबद्ध रुपमा कार्यान्वयन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।

खोलाघरको सीमाना १० मिटर कायम रहेकामा महानगरले सरोकारवाला तथा विज्ञसँग छलफलपछि घटाएर ६ मिटर बनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ