तनहुँ । जिल्ला स्थित म्याग्दे गाउँपालिकाले १० विद्यालयहरुलाई सेनिटरी प्याड वितरण गरेको जनाएको छ। म्याग्दे स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले दिएको जानकारी अनुसार ,गाउँपालिकाका सामुदायिक विद्यालयहरुलाई ५ हजार १ सय ७० थान सेनिटरीप्याड वितरण गरिएको बताए।
छात्रा विधार्थीहरुलाई महिनावारी भएको समयमा पनि विधालयमा गएर पठनपाठन गर्न सहज होस् भन्ने उदेश्यले गाँउपालिकाले ६वटा माध्यमिक र ४ वटा आधारभूत विधालयका गरि १० वटा विधालयहरुमा उक्त प्याड वितरण गरिएको हो ।
म्याग्दे गाँउपालिकाकि प्रमुख माया रानाले भनिन् । उनका अनुसार सेनेटरी प्याड वितरण गरिएको विधालयहरुमा मीन माविमा१ हजार ५ सय थान,राधा माविलाई १ हजार १ सय ७०थान, महेन्द्र माविलाई ७सय थान जनगणपती मावि ७सय थान , विजय आधारभूत विद्यालयलाई १सय, गणेश माविलाई ३ सय, रत्न माविलाई ३सय, प्रभा आधारभूत विद्यालयलाई २ सय, अकला आधारभूत विद्यालयलाई १सय र पसले आधारभूत विद्यालयलाई १सय थान प्याड हस्तान्तरण गरिएको हो ।
विद्यालय तहमा अध्ययनरत किशोरावस्थाका छात्राहरु महिनावारीको समयमा हुने गरेका पीडा र स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै छात्रा विधार्थीको निरन्तर कक्षामा नियमित उपस्थित गराउने उद्देश्यले सेनिटरीप्याड वितरण गरिएको थियो
।
गाउँपालिका अध्यक्ष मायादेवी राना आले र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले संयुक्त रुपमा सेनिटरीप्याड विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकलाई संयुक्तरुपमा हस्तान्तरण गरेको म्याग्दे गाँउपालिकाले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)






