प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली युनियन अन्तर्गतका राजदूतसहित २३ जना कुटनीतिज्ञसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मंगलबार भेटवार्ता भएको हो।

राजदूतहरुलाई मर्यादा क्रमअनुसार बैठक कक्ष व्यवस्थापन गर्न तथा अन्य आवश्यक तयारीका लागि परराष्ट्र मन्त्रालयले अघिल्लो सातादेखि नै तयारी गरेको थियो। सहसचिव नेतृत्वमा परराष्ट्रका अधिकारीहरु आज बिहादेखि प्रधानमन्त्री कार्यालयमै थिए।

प्रधानमन्त्री शाहले राजदूतहरुसँग दोस्रो पटक सामूहिक भेटघाट गरेका हुन्। यसअघि उनले राजदूतहरुसँग एक्लाएक्लै भेट्ने परम्परा तोडेका थिए। राजदूतहरुसँग सामूहिक भेटघाट गरेकोमा उनको प्रशंसा भएको थियो।

प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मंगलबार बिहान करिब ११ बजे जर्मनी, फ्रान्स, बेल्जियम, बुल्गेरिया, साइप्रस, अष्ट्रिया, डेनमार्क, फिनल्याण्ड, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन सहित युरोपेली देशका राजदूत तथा ‘डेपुटी चिफ अफ मिसन’ सिंहदरबार पुगेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

मिलेन परेश रावलको ‘हेरा फेरी ३’ विवाद