पलेँटीमा गुञ्जिँदै सुप्रसिद्ध गीतकार थापाका गीत

काठमााडौं । प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति प्रस्तुत हुने भएका छन्।

थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द(शिल्पी हुन्। शिवशंकर नेपाली साङ्गीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो।

उनका अधिकांश गीति रचनालाई गायक तथा सङ्गीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन्। श्रेष्ठले धुन भरेका गीतहरू ‘भन्थी मेरी उनी’, ‘विधुवाले सिन्दूरको रहर’, ‘म त आकाशको जून हुँ’ र ‘मेरो आँखामा हरदम’ लोकप्रिय छन्।

यससँगै गीतकार थापाले रचेका गीतहरू ‘हावासँगै बगुँ भन्छु’, ‘मेरो रहर ब्यूँझिएर’ र ‘केही ल्याउन सकिनँ’ पनि उत्तिकै लोकप्रिय छन्। जसलाई सङ्गीतकार सुवर्ण लिम्बू र प्रकाश गुरुङले धुन भरेका हुन्।

गीतकार थापाका अनुज पुस्ताका सङ्गीतकार आभासले पनि उनका शब्दमा भरखरै सहकार्य गरेका छन्। ‘म त अक्षरको मान्छे हुँ’ र ‘शिरदेखि पढ या पाउदेखि पढ’ बोलको गीतलाई आभासले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन्। यसका साथै कार्यक्रममा सङ्गीतकारहरू बलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचना पनि प्रस्तुत हुनेछन्।

यसपालीको पलेँटीमा अभिज्ञा घिमिरे र रुपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनालाई प्रस्तुत गर्नेछन्। पलेँटीका निम्ति काठमाडौँ आइपुगेका गीतकार शिवशंकर थापा भन्छन्, ‘पलेँटीमा सहभागी हुन पहिलेदेखि नै अनुरोध भएको हो। स्वास्थ्यको प्रतिकूलताले गर्दा, बल्ल मौका जुर्‍यो। जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको छ। पलेँटीले श्रष्टाहरूलाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ। यो लहरमा मिसिन पाएँस आभारी छु।’

यसपालीको कार्यक्रम’bout पलेँटीका संयोजक आभासको भन्छन्, ‘सानै उमेरदेखि म शिवदाइका शब्दको फ्यान हुँ। उहाँसँग तीन दशक पहिले नै साङ्गीतिक सङ्गत गरेको अनुभव समेत छ मसँग। त्यसलाई पलेँटीमार्फत् ताजा गराउन पाएकोमा औधी खुशी लागेको छ।’

पलेँटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबारस २९ तारिखका दिन आयोजना हुनेछ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

ओपनएआईले रोक्यो एआई मोडलको विकास, निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको सार्वजनिक