कालिकोटमा थपिए ७ जना कोरोना संक्रमित

कालिकोट । जिल्लामा थप सात जनामा कोरोनाको पुष्टि भएको छ । जिल्लाको महाँवै गाँउपालिका वडा नंं ४ की चार महिने बालकसहित थप सात जनामा कोरोनाको पुष्टि भएको हो । जिल्लाबाट स्वाब संकलन गरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर जाँच गरिएका मध्य सात जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ पुष्टि हुनेहरुमा जिल्लाको महाबै गाउँपालिका–२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने बालक र २८ वर्षीय पुरुष, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीय महिला छन् । यस अघि १८ जनामा कोरोना पुष्टि भइसकेको छ ।

यसअघि पुष्टि हुनेहरुमा शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं. ४ का वर्ष २०, २२, २० का पुरुषमा, महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं. ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका ९ वटै स्थानिय तहमा २ हजार ५ सय ४७ मानिसहरु क्वारेन्टाइनमा राखिएका छन् । हालसम्म १ हजार ४ सय ४३ जनाको मात्र स्वाब संकलन गरिएको छ ।

स्वाब संकलन गरिएका झण्डै चार सय जनाको रिपोर्ट आउनै बाँकी छ । ७ सय ३५ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । परिक्षण गरिएका मध्य जिल्लाका चार वटा स्थानिय तहमा कोरोना पुष्टि भएपछि गाँउ गाँउमा कोरोनाको त्रास बढेको छ । ग्रामिण स्तरका अव्यवस्थित क्वारेन्टाईनमा राखिएका मानिसहरुमा पनि कोरोना पुष्टि भएपछि धेरै मानिसहरुमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार