दैलेखमा बस दुर्घटना चालकको मृत्यु, सहचालक घाईते

दैलेख । बुधवार दैलेखको गुराँस गाउँपालिका–४ घोडावासमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

मृत्यु हुनेमा चालक कञ्चनपुर भिमदत्त नगरपालिका –५ का ४५ बर्षिय कल्याणसिंह बोहरा हुन भने घाईते सोही ठाउँका ३५ बर्षिय जयराज अवस्थी हुन् ।

महेन्द्रनगरदेखी भारतबाट दैलेख फर्किएकालाई क्वारेन्टाईनमा पु-याई महेन्द्रनगर फर्किने क्रममा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा छोडेर कञ्चनपुर जाँदै गरेको ना ५ ख १६८५ नंम्बरको बस बुधवार ५ बजेतिर गुराँस गाउँपालिकाको घोडाबासमा दुर्घटना भएको हो ।

उकालो बाटोमा चढ्ने क्रममा व्याक गर्न खोज्दा दुर्घटना भएको र घटनास्थलमै चालको मृत्यु भएको ट्राफिक कार्यालय दैलेखका चन्द्र कार्कीले जानकारी दिए । ‘घाईतेको उपचारको लागि कर्णाली प्रदेशको प्रदेश अस्पतालमा लगिएको छ’ ,कार्कीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग