Thursday, April 22, 2021
Home खेल ढोरपाटन महिला भलिबलको उपाधि एपीएफलाई

ढोरपाटन महिला भलिबलको उपाधि एपीएफलाई

,

रासस । पन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा आज भएको लिगको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले पराजित गरेको हो । एपीएफ लगातार दोस्रो वर्ष सो प्रतियोगिताको च्याम्पियन बनेको हो । एपीएफले पुलिसलाई २५–२१, २५–२१ तथा २५–१९ अङ्कले पराजित ग¥यो । चौध खेलमा ४१ अङ्क बनाउँदै एपीएफ विजेता बनेको हो । यस्तै १४ खेलमा ३९ अङ्क जोडेको पुलिस उपविजेता बन्यो ।

उपाधिसँगै एपीएफले रु चार लाख पाँच हजार तथा उपविजेता पुलिसले रु दुई लाख पाँच हजार पुरस्कार प्राप्त ग¥यो । लिगमा आर्मी क्लब तेस्रो तथा न्यु डायमण्ड स्पोर्टस् क्लब चौथो भयो । आर्मीले रु एक लाख पाँच हजार तथा डायमण्डले रु ७५ हजार पुरस्कार जितेको छ ।

तेस्रो स्थानका लागि आज भएको खेलमा आर्मीले न्यु डायमण्डलाई २५–२१, २५–१४ तथा २५–१४ अङ्कले पराजित गरेको थियो । लिगमा पाँचौँ भएको चितवन टाइगर्सले रु ५५ हजार तथा छैटौँ भएको बुलबुल राराले रु ४५ हजार पुरस्कार प्राप्त ग¥यो । ढोरपाटन स्पोर्टस् क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीले भाग लिएका थिए ।

आर्मीकी सोफिया सर्वोकृष्ट खेलाडी

पन्ध्रौँ संस्करणको ढोरपाटन डबल लिग महिला भलिबलमा त्रिभुवन आर्मीकी सोफिया पुन सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले एक थान स्कुटर प्राप्त गरिन् । यस्तै न्यु डायमण्ड स्पोर्टस् क्लबकी सलिना श्रेष्ठ ‘प्लेयर अफ दी इयर’ पुरस्कार प्राप्त गरिन् । उनले पनि पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरिन् । नेपाल पुलिस क्लबकी उषा भण्डारीले उदीयमान खेलाडी तथा एपिएफकी बिनिता बुढाथोकीले ‘ग्रेट एचिभमेन्ट अवार्ड’ प्राप्त गरिन् ।

दुवै जनाले एक÷एक थान स्कुटर प्राप्त गरे । प्रतियोगिताका भाग्यशाली दर्शक अनिल बुढाथोकीले समेत एक थान मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरे । यसैगरी एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै महेश चौधरी उत्कृष्ट प्रशिक्षक, न्यु डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर तथा पुलिसकै शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भए ।

उनीहरुले जनही रु सात हजार पुरस्कार प्राप्त गरे । विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

साताका लोकप्रिय समाचार

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

वीरगन्ज । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती...

भारतबाट फर्केका पुरूषकाे काेराेनाबाट मृत्यु, एक सातामा पाँचकाे निधन

पर्सा ।  कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४...

ट्रेन्डिङ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाऔँ : सांसद तामाङ

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन् ।...

संकट समाधानमा दलीय एकता

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमविरुद्ध एकजुट भएर सामना गर्न प्रमुख दलहरूले सहमति गरेका छन् । हाम्रा राजनीतिक दल र नेताहरूमा धेरै विषयमा समस्या देखिए...

अभिनेत्री निरिशालाई कोरोना संक्रमण

काठमाडौं । अभिनेत्री निरिशा बस्नेतले आफू कोरोना संक्रमित भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको र...

घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

तनहुँ । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी हिजो सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

वामदेवलाई राष्ट्रियसभा लोकतन्त्रको विडम्बना : साझा पार्टी

काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले गम्भीर आपत्ति जनाएको छ । ‘राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति...

काठमाडौँ उपत्यकामा एकैदिन ४१५ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा...

प्रदेश २ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । प्रदेश २ मा थप चार जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । पर्सामा दुई, बारा र रौतहटमा एक–एक जनाको मृत्यु भएको...

आज संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रमप्रति नेकपाभित्र असन्तुष्टि

काठमाडौं । संसद्को संयुक्त बैठकमा आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर, पार्टीभित्र छलफल नगरी...

भलिबल खेल्ने क्रममा युवकको मृत्यु

लमजुङ । लमजुङमा भलिबल खेल्ने क्रममा एक युवकको निधन भएको प्रहरीले जनाएको छ । उत्तरी क्षेत्रको मस्र्याङदी गाउँपालिका– ४ च्याम्चे गाउँका २१ बर्षीय दिपेश...

मलामी गएका युवालाई तमोर नदीले बगायो

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका–५ हंसमोरङका महेन्द्र याखालाई आज तमोर नदीले बगाएको छ । हंसमोरङस्थित तमोर नदीमा छिमेकीको मलामी गएका बेला नुहाउँने क्रममा ३३ बर्षीय...

बेल्जियमबाट फर्किकी १९ वर्षिय युवतीको पाँचौ परिक्षण रिपोर्ट नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरस संक्रमित उपचाररत बागलुङकी १९ बर्षिय युवतीको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ अर्थात कोरोना मुक्त...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)