काठमाडौं । सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाटमा संलग्न अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश कार्की र विष्णु गुरुङ हुन् । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई समेत खुर्सानीको धुलो आँखामा हाली भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
बूढानीलकण्ठ–३ चपली बस्ने ४० वर्षीय कार्कीसँग लुटपाट गरेको सिक्री, मोबाइल थान १ र खुकुरी थान १ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी इलाम घर भइ विभिन्न धर्मशालामा ३१ वर्षका गुरुङलाई समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कार्की २०७९ सालमा डाँका चोरी कसूरमा ६ वर्ष कैद सजाय भइ केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका थिए । २०८२ भाद्र २४ गते फरार भएको र तत्पश्चात् उनी कपनमा प्रहरीमाथि धुलो खुर्सानी फालेर आक्रमण गरेको, गौशालामा बिजुली पसल चोरी लुटपाट गरेको, गौशालामा विदेश जाने व्यक्तिको नगद र मोबाइल फोन लुटपाट गरेको, शान्तिनगरमा मोबाइल लुटपाट गरेको र तिलगंगामा प्रहरी हुँ भनी लागू औषध र नगद लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह
प्रसाईंलाई हिरासतमा राखी अनुसन्धान गर्न ३ दिनको म्याद
चिसाङ खोलामा अवैध उत्खनन् नियन्त्रणमा सक्रिय लेटाङ प्रहरी
चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या
रुबी खानसँग छैटौं ‘उधारो सहमति’
अध्यागमन सुशासनका लागि ‘डिजिटल टाइम कार्ड’ लागू
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ






