काठमाडौँ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जीत निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रहयो । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा समूह विजेता रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेत बनेको हो । नेपालले समूहचरणको आफ्नो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । भुटानले तीन अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनमा पुगेको हो ।
आजको खेलमा नेपालका लागि रस्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक-एक गोल गरे । रस्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन् । खेलको पहिलो हाफको अतिरिक्त समयमा रस्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।
त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । आजको हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।
सम्बन्धित समाचार
लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित
काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा
यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई रवीन्द्र ढाँटले हराए
१७५ भन्दा बढी साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागितामा कोलोराडोमा हुँदैछ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
यार्साको खोजीमा हिउँमुनि दबिएका सपना
लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश
पोखरामा काँग्रेस सभापति थापाइतरको भेला






