दैलेखमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

दैलेख । बिहिबारसम्म दैलेखमा कोरोना संक्रमित संख्या १ सय ५ पुगेको छ भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाका ११ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा कोरोना संक्रमित फैलिएको छ । निर्वाचन क्षेत्र २ ठाटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका र निर्वाचन क्षेत्र १ को भगवती गाउँपालिकामा मात्र कोरोना संक्रमित देखिएको छैन ।

कर्णाली प्रदेशमा कोरोना पहिलो संक्रमित दैलेखको आठविसमा एक युवामा पुष्टि भएको थियो भने कर्णाली प्रदेशमा पहिलो पटक दुल्लु नगरपालिका –११ का ३५ बर्षीय युवाको मृत्यु भएको थियो । पहिलो संक्रमित र मृतक दुवै भारतबाट गाउँमा फर्किएका थिए । मृतकको क्वारेन्टाइनमा मृत्यु भएको हो ।

दैलेखका आठविस नगरपालिका १ जना, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ जना, दुल्लु नगरपालिका ९ जना, नौमुले गाउँपालिकामा २ जना, महाबु गाउपालिकामा १ जना, डुङ्गेश्वर गाउँपालिकामा ३ जना, गुराँस गाउँपालिकामा १ जना र नारायण नगरपालिकामा ८६ जनामा पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । रोजगारीका लागि भारत गएका नागरिक दैलेख फर्किन थालेपछि दैलेखमा कोरोना संक्रमित संख्या ह्वातै बढेको हो । कोरोना ‘पोजेटिभ’ देखिएका सबै भारतबाट आएका हुन् ।

कोरोना संक्रमित भएका २५ जनालाई सरस्वती मावि दैलेख सदरमुकाम, ५४ जनालाई नारायण क्याम्पस दैलेख,चामुण्डाविन्द्रासैनीको हेल्थ पोष्टमा १, नौमुलेका २ जनाको नौमुले विद्यालयमा बनाएको आईसोलुशेनमा, दुल्लु नगरपालिका ८ जना छिउडीपुसाकोट हेल्थपोष्टमा, २ जनालाई प्रदेश अस्पताल सुर्खेतमा १३ जना बुद्धाआश्रमको आइसोलुसनमा राखेर उपचार स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकामा सबै भन्दा बढी कोरोना ‘पोजेटिभ’ भएका छन् । दैलेखको आईसोलुशनमा रहेका संक्रमितको अवस्था सामान्य रहेको आयुर्वेदिक पद्धतिबाट उपचार गराइरहेको स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाका आयुर्वेद चिकित्सक डाक्टर प्रसन्न नेपालले बताए । उनले भने, ‘अशोगन्धा, यष्टिमधु, तुलसी चियाले रोग सँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले हामीले औषधी चलाएका छौं । विरामीलाई यी औषधीहरुले विरामीको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ कोभिड –१९ लागि प्रभावकारी हुनेछ ।’
बुधवार दैलेखको भैरवी गाउँपालिकाको क्वारेन्टाईनमा बसेका नागरिक आरडीटी चेक गर्दै स्वास्थ्कर्मी ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित