काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो।
मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपदजन्य घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए।
उनका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ।
सम्बन्धित समाचार
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
पर्यटकको रोजाइमा कोशी टप्पु
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक






