‘भारत भ्रमण राजनीतिकभन्दा आर्थिक एजेण्डाकेन्द्रित’

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक एजेन्डामा नभई नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डासहित आफू नयाँदिल्ली आएको बताएका छन् ।

प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा बिहीबार नयाँदिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालको उन्नति नै आफ्नोे भ्रमणको एकमात्र उद्देश्य भएको बताए ।

‘हामी सम्मानित मात्र भएर पुग्दैन, समृद्ध पनि हुनुपर्नेछ । नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ । समृद्ध नेपालको सपनामा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको छु,’ उनले भनेका छन् ।

उनले भारतसँगमा व्यक्तिगत वा पार्टीगत माग केही नरहेको उल्लेख गर्दै सबै मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित रहेको बताए ।

सभापति लामिछानेले पार्टी संठनलाई मजबुत बनाउन निर्देशन दिएका छन् । दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूहरूले केही खराब काम गरे खबरदारी गर्न आग्रह गरे ।

‘हामीले केही खराब ग¥यौं भने सल्लाह, सुझाव दिनुहोला । जुन आँट र भरोसाका साथ तपाईंहरूले घरमा भनेर घण्टीमा भोट हाल्नुस् भन्नुभएको थियो, हामी तपाईंको शिर निहुरिने कुनै पनि काम गर्दै छैनौँ, म वाचा गर्छु,’ उनले भने ।

परराष्ट्रमन्त्री खनाल भारत जाँदै
परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबारदेखि तीनदिने भारतको औपचारिक भ्रमणमा जाने तय भएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी मन्त्री डा. जयशकरसँग औपचारिक भेटवार्ता गर्नेे परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच रहीआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्रमन्त्री खनाल २४ जेठमा काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै