लन्डन । हलिउड तथा बेलायती अभिनेता इद्रिस एल्बाले बेलायतका राजा चाल्र्सबाट काँधमा तरबार राख्दै ‘नाइटहुड’को उपाधिबाट विभूषित हुन पाउँदा अत्यन्त खुसी लागेको बताएका छन् । महाराजाधिराजले आफ्नो काँधमा तरबार राख्दा आफूलाई एक प्रकारको डरसँगै अनौठो स्पर्शको महसुर भएको बताएका छन् ।
मंगलबार लन्डनको विन्डसर क्यासलमा आयोजना गरिएको विशेष समारोहमा एल्बा ‘नाइटहुड’को उपाधिबाट सम्मानित भएका हुन् । समारोहमा इद्रिसलाई युवाहरूको सेवाको लागि ‘नाइटहुड’ प्रदान गरिएको हो । अभिनेता इद्रिसले सामाजिक सञ्जालमार्फत शाही परिवारको तर्फबाट पाएको यो सम्मान प्रति कृतज्ञता जाहेर गरेका थिए । त्यो समारोहमा सम्मान पाउँदाको अनौठो अनुभव पनि उनले सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
जब बेलायती शाही परिवारका राजा चाल्र्सले समारोहमा इद्रिस एल्बालाई सम्मान गरे । त्यो पल सम्झँदै यी अभिनेताले लेखेका छन्, ‘म राजाको अगाडि घुँडा टेकेर बसेको थिएँ । त्यसपछि राजा चाल्र्सले मेरो काँधमा तरबार राखेर मलाई सम्मान प्रदान गर्नु भयो र त्यो क्षण निकै रोचक बन्यो,’ राजा चाल्र्ससँग यो आफ्नो दोस्रो भेट भएको पनि यी अभिनेताले बताए । सो समारोहमा अभिनेता इद्रिसँगै जेन टोरभिल, क्रिस्टोफर डीन र मीरा स्याल लगायत धेरै अन्य सेलिब्रेटीहरूलाई पनि सम्मान गरिएको थियो ।-एजेन्सी
सम्बन्धित समाचार
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
एआईको चपेटामा पुराना गीत, मारमा वास्तविक स्रष्टा
मिलेन परेश रावलको ‘हेरा फेरी ३’ विवाद
‘चलचित्र विधेयक २०८२’माथि प्रतिनिधि सभामा छलफल सुरु
कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक
पूजा र सुदर्शनले प्रहरी परिसरमा तिरे प्राविधिकको पैसा
नायकको हात भाँच्चिएपछि ‘सिन्दुरे जात्रा’ रोकियो
बक्स अफिसमा ‘मितज्यू’ उकालो लाग्दा ‘काजी’ खस्कियो






