काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापतिमा रवि लामिछाने नै दोहोरिने सम्भावना छ । सभापतिमा लामिछाने हुने निश्चित जस्तै भएपनि त्यसपछिको कार्यकारी पद महामन्त्रीमा को हुने अनिश्चित छ ।
महामन्त्रीमा १४ बढी आकांक्षी, तल्ला तहमा व्यवस्थापन गरेर सर्वसम्मत बनाउने तयारी
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन आउँदो ७, ८ र ९ असारमा चितवनमा गर्दैछ । सो महाधिवेशनबाट नयाँ नेतृत्वसहित पार्टीलाई थप बलियो बनाउदै अघि बढने रणनीतिमा नेताहरू छन् । पार्टी स्थापनाको चार वर्ष नपुग्दै हुन लागेको महाधिवेशनबाट पार्टी सभापति, महामन्त्रीसहित पदाधिकारी को हुने चर्चाको बिषय बनेको छ ।
अहिले पार्टी सभापति रवि लामिछाने र सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् । महाधिवेशनबाट सभापतिमा पुनः लामिछाने नै दोहोरिने सम्भावना बढी छ । पार्टीलाई थप सशक्तरूपमा अगाडि बढाउन लामिछानेको विकल्प नभएकाले उनी दोहोरिने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । तर त्यसपछिको शक्तिशाली भनिएको पद महामन्त्रीमा को हुने भन्ने ’boutमा नेताहरूले चर्चा गर्न थालेका छन् ।
अहिले कविन्द्र बुर्लाकोटी र भूपदेव शाह महामन्त्रीको जिम्मेवारीमा छन् । बुर्लाकोटी र शाह नै महामन्त्रीमा दोहोरिने सम्भावना पनि छ । तर महामन्त्रीका लागि हालको सचिवालयमा रहेका अधिकांश नेताहरू आकांक्षी रहेको रास्वपाका एक पदाधिकारीले जनाएका छन् ।
‘महाधिवेशनबाट सहमतिमै केन्द्रीय समिति चयन हुने छ । सभापतिमा रवि लामिछाने र हाल पदाधिकारी रहेकाहरू पदाधिकारीमै दोहो¥याएर विधान संशोधनसहित केही पदाधिकारी थपिनेछ । तर हाल सचिवालयमा रहेका अधिकांश नेता महामन्त्रीका आकांक्षी देखिएका छन्,’ रास्वपाका एक पदाधिकारीले भने ।
रास्वपाका महामन्त्रीद्वय बुर्लाकोटी, शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाललगायत नेताले महामन्त्रीका लागि ‘लबिइङ’ थालेका छन् ।
महाधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । वडा, पालिकाको अधिवेशनसहित रास्वपाले २३ र २४ जेठमा जिल्ला अधिवेशन, २६ जेठ देखि १ असारसम्ममा सात वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
२६ जेठमा बागमती प्रदेश, २७ जेठमा कोशी प्रदेश, २८ गते मधेश प्रदेश, २९ जेठ गण्डकी प्रदेश, ३० जेठ लुम्बिनी प्रदेश, ३१ जेठमा कर्णाली प्रदेश र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुनेछ ।
त्यसपछि राष्ट्रिय महाधिवेशन चितवनमा हुने कार्यतालिका रास्वपाको छ । मौजुदा केन्द्रीय समितिमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्षसहित १२९ सदस्यीय केन्द्रीय सदस्य छन् । रास्वपाको केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । तर अब विधान संशोधन गर्दै केन्द्रीय समितिमा पदाधिकारीको संख्या बढाउने तयारीसमेत पार्टी नेतृत्वले गरेको छ ।
यसैबीच, रास्वपाले ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जनाएका छन् । ‘अधिवेशनका लागि ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति बनेको छ । उहाँले सबै जिल्लामा अधिवेशन सम्पन्न गराएर आउनुहुन्छ । महाधिवेशन कार्यतालिकाअनुसार नै काम भइराखेका छन्,’ केसीले भने ।
बागमती र मधेशका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको तथा कतिपय स्थानमा फेरि निर्वाचन गर्न निर्देशन दिएको उनले बताए । रास्वपाको मौजुदा विधानअनुसार एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी सदस्य पाँच, प्रत्येक निर्वाचन क्षेत्रबाट एक÷एक जना जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन् ।
सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । कुल जिल्ला समिति बिजोर हुने गरी सभापतिले दुई वा तीन जना मनोनीत गरेर जिल्ला समिति गठन गर्न सक्नेछ ।
सम्बन्धित समाचार
सारथिले छाडेपछि एमालेमा एक्लिदै छन् ओली
सातवटै प्रदेश सरकार फेरबदलको कसरत
प्रतिनिधिसभा बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख कारबाही गर्ने तयारी
रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
सुकुमवासी र भूमिहीनका नाममा ७० वर्षदेखि राजनीति
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ : रवि लामिछाने
तत्कालीन गृहमन्त्री गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन






