काठमाडौं । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार खेपेको छ ।
कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भयो । जितका लागि एक सय १० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा सबै विकेट गुमाएर ४० रनमा समेटिएको थियो ।
नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ र रुबिना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न हङकङका इकरा सहरले चार विकेट लिइन । चान का र मार्यम बिबीले २-२ तथा सिउ मेइ र जोइलिन धलिवालले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । हङकङका लागि यासमिन दसवानीले अविजित सर्वाधिक ४२ रन बनाइन् । यस्तै मारिको हिलले २९ र मारिना लाम्पलोहले अविजित १८ रन बनाइन् ।
बलिङमा नेपालकी रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिइन् । हारेपनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुने छन् । एसिया कपमा छनोट हुन सेमिफाइनल पुग्नुपर्ने प्रावधान रहेको छ ।
सम्बन्धित समाचार
चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात
भीमनारायण गोल्डकपको उपाधि बेलबारीले जित्यो
क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता
रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३: पाँच जनालाई नगदसहित सम्मान
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता






