नेपालगञ्ज । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण हुने बताए ।
यस अन्तर्गत दाङतर्फ २२ किलोटिर सडक र १७ वटा पुलसहित रु २९ अर्ब स्रोत सुनिश्चत भएको उनले जानकारी दिए । कार्यालय प्रमुख भण्डारीले भने, “अधिकांश सडकका लागि टेण्डर हुने प्रक्रियामा छ । परियोजनामार्फत अबको तीन वर्षमा दाङ, बाँके र बर्दियामा काम सम्पन्न हुनेछ । यस सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गको काम गर्नेछ । यसको मूल उद्देश्य नै जिल्ला सदरमुकाममा पूर्वदेखि पश्चिमसम्म जोड्ने हो, जसले पिछडिएका क्षेत्र र स्थानीय समुदायलाई विकासको मूल धारमा ल्याउन ठूलो मद्दत पुग्ने हाम्रो विश्वास छ ।”
सडक विस्तारका लागि करिब १५ किलोमिटर घना जङ्गल पर्ने जनाइएको छ । रुखको अवस्था’bout जानकारी प्राप्त गरेको र त्यस क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङकन र विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० को काम सम्पन्न भइसकेको छ । सडकको चौडाइ १२ मिटर रहने र नौ मिटर अस्फाल्ट प्रविधिमा कालोपत्र गरिने छ । निर्देशनालयका अनुसार यही असार ३१ गतेसम्म सूचना प्रकाशनपछि असोज महिनाबाट सडकको काम सुरु हुनेछ ।
हुलाकी राजमार्ग यस क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मेरुदण्ड र पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा रहने छ । समाजसेवी पोषण केसीले गुणस्तरीय सडकको अभावमा वर्षौंदेखि यहाँका ग्रामीण क्षेत्र विकासमा पछाडि परेको भन्दै सडक बनेमा त्यहाँका जनताको जीविकोपार्जनमा निकै सघाउ पुग्ने बताए । “सडक बनेपछि आर्थिक तथा सामाजिक रुपमा यो क्षेत्रको कायापलट हुने विश्वास छ”, उनले भने ।
राप्तीसोनारी गाउँपालिका–१ का अध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक विस्तार हुने खबरले यस क्षेत्रका जनतामा खुसियाली छाएको बताए । उनले सडक बनेमा ग्रामीण क्षेत्रका कृषिउपजको बजारीकरण, शिक्षा, स्वास्थलगायत सेवामा पहुँच विस्तार हुने बताए ।
सम्बन्धित समाचार
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
दश वर्षमा ८१५ सम्पदा निर्माण
भोजपुरको ऐसेलु खोलामा धमाधम पक्की पुल निर्माण हुँदै
हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ
बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने






