जिल्ला विपद् व्यवस्थापन समिति सङ्खुवासभाको बैठकले पहिरो तथा चट्याङका कारण पशु चौपाया गुमाएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पहिरो तथा चट्याङका कारण भएको पशु चौपाया गुमाएका पीडित परिवारलाई क्षतिबापत राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको अध्यक्षतामा बसेको बैठकले पहिरो तथा चट्याङका कारण भएको पशु चौपाया गुमाएका पीडित परिवारलाई क्षतिबापत राहत उपलब्ध गराउने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गत २०८२ साल वैशाख महिनामा जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका ६२ वटा पुश चौपाया गुमाएका ५ घर परिवारलाई विपद् जन्य पशुधन क्षति बापत नगद ४ लाख ९३ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्माण भएको सङ्खुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए ।
बैठकले पुष्पलाल भण्डारीलाई १२ वटा भैंसीको क्षतिबापत २ लाख १६ हजार रुपैयाँ तथा ५ वटा गाईको क्षतिबापत ७५ हजार रुपैयाँ राहत प्रदान गरिनेछ । यस्तै, सरोज कुलुङ र गंगाबहादुर मादेनलाई एक–एक वटा गोरुको क्षतिबापत जनही १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
त्यसैगरी, टेकबहादुर गुरुङलाई ४३ वटा भेडा मरेको क्षतिबापत १ लाख ७२ हजार रुपैयाँ राहत प्रदान गरिने भएको साहयक प्रजिअ कार्कीले बताए । पशु सेवा विज्ञ केन्द्र खाँदबारीको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विपद्जन्य पशुधन क्षति राहत कार्यक्रमका लागि प्राप्त ५ लाख रुपैयाँ मध्येबाट उक्त राहत वितरण गरिने उनको भनाइ छ ।
त्यसैगरी बैठकले मकालु गाउँपालिका–५ निवासी दलबहादुर गुरुङको पशुधन क्षतिसम्बन्धी विषयमा राहतका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । गत जेठ ९ गते परेको अविरल वर्षापछि आएको पहिरोले गुरुङले फोक्टे क्षेत्रमा अस्थायी रूपमा राखेका भेडा बगाउँदा २ सय ५० मध्ये २ सय १० वटा पुरिएर बेपत्ता भएका थिए ।
राहतका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको पत्रमार्फत कोशी प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्रालयमा प्रक्रिया अघि बढाइने भएको साहयक प्रजिअ कार्कीले बताए । उत्तर–दक्षिण कोशी सडक कार्यालयले सडक निर्माणका क्रममा अविरल वर्षा र अरुण नदीको कटानका कारण भएको क्षतिबाट विस्थापित डिल्लीकुमार राईलाई नगद २ लाख ५५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले विपद् जोखिम न्यूनीकरण, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयबीच समन्वयलाई अझ सुदृढ गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर
शिक्षा सन्देश इङ्गलिस कलेजमा ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन हुने
सुन्दरहरैंचामा बाल सञ्जालद्वारा लागूऔषध दुर्व्यसनी चेतना
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
झापामा हुरी र वर्षाले केराखेती नष्ट
अनाधिकृत रूपमा विद्यालय अनुगमन गर्दै रास्वपा सुन्दरहरैंचा शिक्षा विभाग
केराबारीमा वन फडानीको नयाँ शैली: झाडी सफा गर्ने नाममा ४ सय सखुवाका रुखमाथि आरा !
खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत






