कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संकमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

पाल्पाकै स्थानीय क्वारेन्टिनमा बसेका उनी भारतबाट पाँच दिन अघि नेपाल आएका थिए । उनलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा यही जेठ २० गते निधन भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनको रिपोर्ट बिहीबार आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने