आइसोलेसनमा रहेका युवाकाे स्वास्थ्य अवस्था जटिल भए पछिलाई पोखरा रिफर

बागलुङ। कोरोना आशंकामा धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा भर्ना भएका एक युवामा स्वास्थ्य समस्या बढेपछि पोखरा रिफर गरिएको छ ।

भारतबाट फर्केर गल्कोट नगरपालिका–११ रिघाको क्वारेन्टाइनमा बसेका गल्कोट–७ मल्मका २३ वर्षका युवालाई रगतमा समस्या देखिएपछि बिहिबार दिउँसो गण्डकी अस्पताल पोखरा पठाइएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताए ।

युवा रिघाको क्वारेन्टाइनबाट स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
उनकाे भारतबाट नेपाल आउँदा सिमा नाका र रिघाको क्वारेन्टाइनमा रहँदा पिसिआर परीक्षण गरिएको थियो । दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएको डा. पोखरेलले बताए । उनको दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपनि उनलाई उच्च ज्वरो, खोकी, डाइरिया र रक्तकोषमा समस्या देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

आइसोलेसन उपचाररत उनलाई रगतमा समस्या रहेको र अहिले बढ्दै गएको र शरिरको अन्य अंगहरुमा पनि समस्या बढ्दै गएकोले थप उपचारको लागि पोखरा रिफर रिएको डा. पोखरेलले बताए ।

उनको पुन: कोरोना परीक्षणको लागि बुधबार स्वाब संकलन गरि पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम