सङ्खुवासभा । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १–०२–००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा अवैध चौँरीको पुच्छर फेला परेको हो ।
घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याइएको चौँरीको पुच्छर कसको हो, भन्ने अहिलेसम्म खुल्न सकेको छैन । नियन्त्रणमा लिएको अवैध चौँरीको पुच्छर किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौँरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
सम्बन्धित समाचार
ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन
थाइल्यान्डमा गिरफ्तार तुलसालाई मध्यराति काठमाडौं ल्याइयो
लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा
‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ
विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा दुई जना पक्राउ






