लालपुर्जा माग्दै राजविराज अनिश्चितकालिन बन्द

राजविराज । विगत २० दिनदेखि लालपूर्जाको माग गर्दै आन्दोलनरत राजविराज नगरवासीले प्रहरी दमनविरुद्ध बुधबारदेखि अनिश्चितकालिन राजविराज बन्दको आह्वान गरेका छन् । जसकारण नगरका सम्पुर्ण पसल, प्रतिष्ठान बन्द भएको छ ।

विहानै देखि सडकमा उत्रेका प्रदर्शनकारीहरुले फाटफुट रुपमा खुलेका पसलहरु समेत बन्द गराएका छन् । लालपुर्जा माग्दै एकसाता अघि राजविराज नगरपालिका कार्यालयमा लगाएको ताला प्रहरीले मंगलबार दिउँसो बलपूवर्क तोेडेपछी आक्रोसित भएका नगरवासीले आन्दोलनलाई थप आक्रमक बनाएका छन् ।

उनीहरुले ठाउँठाउँमा टायर बालेर यातायात आवागमन समेत ठप्प पारेका छन् ।

नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको नेतृत्वमा बुधबारै विहान स्थानीय कृष्ण मन्दिर परिसरमा बसेको बैठकबाट आन्दोलन अझ सशक्त बनाउने निर्णय गरे लगतै आन्दोलनकारीहरु सडकमा उत्रेका छन् ।

झण्डै ७० वर्षदेखी लालपूर्जा पाउन नसकेको तथा अहिले लालपूर्जा उपलब्ध गराउन सरोकारबाला निकाय मौन भएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलन गर्दे आएका छन् । राजविराज स्थापनाकालदेखि नै नगरको मुख्य सडक मेनरोड तथा सडकको दायाँ बाया करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा विहीन छन ।

उक्त जग्गामा वसोवास गर्दै आएकाहरुले आफ्नै लगानीमा घर, पसल लगायतका संरचना बनाएका हुन । पुस्तौ देखी जग्गा उपभोग गर्दै आए पनि कसैको नाममा लालपुर्जा अहिले सम्म बन्न सकेको छैन । यद्धपी नापी कार्यालयले ती मध्येका १७ जनालाई विभिन्न मितिमा आर्थिक लाभ लिएर लालपुर्जा प्रदान गरिसकेको जनआन्दोलन परिचालन समितिका संयोजक दासको भनाई छ ।

नापी कार्यालय राजविराजको २०२८ सालको नापी अनुसार फिल्डबुकमा पनि उक्त जग्गाहरु गाउँ–ब्लकमा रहेको स्पष्ट उल्लेख छ । उक्त जग्गामा बसोवास गर्दै आएकाहरुको नागरिक्तामा समेत वसोवास गर्दै आएको उक्त जग्गा भएको ठाउँको ठेगानामा उल्लेख छ । यस्तै विजुली, खानेपानी, नगरपालिकालाई महसुल र कर तिरेको रसिद पनि छ । तर सबै प्रमाण हुदा पनि लालपुर्जा पाउन नसकेको नगरवासीको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

उपसचिव सुरेशबाबु महिनौं बेपता हुँदा समेत मन्त्री प्रतिभा किन मौन ?