दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगलागीको घटनामा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई विपद् राहत कोषबाट जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।
उपमहानगरपालिकाकोे ४८औँ कार्यपालिका बैठकले अग्निपीडित परिवारलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले जानकारी दिए ।
गत पुस २८ गते आगलागीमा परी ज्यान गुमाएकी तुलसीपुर–१ भमके निवासी ७६ वर्षीया रिमा देवकोटाको परिवार र गत चैत १२ गते आगलागी घटनामा परी ज्यान गुमाएकी तुलसीपुर–७ मोतीपुर निवासी ७२ वर्षीया गुमीकुमारी पौडेलको परिवारलाई जनही रु दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको हो ।
नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।
बैठकले केही समयअघि परेको असिनापानीका कारण उपमहानगरपालिका क्षेत्रभित्र तरकारीखेतीमा क्षति बेहोरेका किसानलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।
यसैबीच, तुलसीपुर उपमहानगरपालिकामा दमकल ९बारुण यन्त्र० नहुँदा समस्या हुने गरेको छ । पालिकामा रहेको दमकल ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको थियो ।
बढ्दो गर्मीसँगै उपमहानगरपालिकामा आगलागीका घटना बढिरहेका छन् । केही समयअघि तुलसीपुरका दोघरेस्थित पार्किङ क्षेत्रमा राखिएको बसमा आगलागी हुँदा ठूलो क्षति बेहोर्नु परेको थियो ।
सम्बन्धित समाचार
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु
लुम्बिनीमा एमालेका चार मन्त्रीले राजिनामा दिने तयारी
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन
भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले गरे विरोध
वीरगञ्जका मेयर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा





