पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित

काठमाडौं । पाँचौं काब्या म्युजिक अवार्डबाट कलाकर्मीहरु सम्मानित भएका छन् । नेपाली कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवद्र्धन र सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको काव्य म्युजिक सेन्टर तथा दक्षिणकाली अफसेट प्रेसको प्रस्तुतिमा आयोजित पाँचौँ काव्य म्युजिक अवार्ड–२०८३ वितरण गर्दै बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले कलाकर्मीमार्फत सामाजिक रुपान्तरण, संस्कृति संरक्षण र राष्ट्रियताको सम्बद्र्धन हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी सुशील पोखरेल, उमेश खड्का, मुकुन्द थापा, विजय देउजा, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकाल, राज कार्की, चिरन पुन, वीरबहादुर भण्डारी, अष्ट कवे, शशिकुमार सिंह ठकुरी, राजन भुजेल, दिलेन्द्रप्रसाद ढकाल, बालकृष्ण माझी, भोजराज काफ्ले, लाक्पा शेर्पा, विष्णुलाल श्रेष्ठ लगायतले कलाक्षेत्रको संरक्षण सम्बद्र्धनमा सरकारको पर्याप्त ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अवसरमा चार विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो । बरिष्ठ कलाकार सुनिल थापाको स्मृतिमा सम्मानको सुरुवात हुनु खुसीको विषय भएको वरिष्ठ चलचित्रकर्मी सुशील पोखरेलले बताए ।

विभिन्न विधामा सम्मान
वरिष्ठ अभिनेता सुनिल थापाको स्मृतिमा प्रदान गरिएको काव्य चलचित्र खलनायक सम्मान बाट सुशील पोखरेल, मुकुन्द थापा, विजय देउजा र उमेश खड्का सम्मानित भए । कार्यक्रममा जनप्रतिनिधि सम्मान बाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, विष्णुलाल श्रेष्ठ र रवि कुमार श्रेष्ठ सम्मानित भए ।

कार्यक्रममा संस्थागत तथा समाजसेवी सम्मान अन्तर्गत आँसु स्मृति प्रतिष्ठानका रुपेश काफ्ले, अष्ट कवे, दिलेन्द्रप्रसाद ढकाल, शशिकुमार सिंह ठकुरी, राजन भुजेल, विपिन शर्मा दाहाल, राजन अधिकारी तथा वीरबहादुर भण्डारी लगायतलाई सम्मान गरिएको थियो ।

सञ्चारकर्मी सम्मान अन्तर्गत राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका समन्वय समितिलाई संस्थागत सम्मान, अरविन्द्र गौतम तथा दिनेश भण्डारीलाई सञ्चारकर्मी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट म्युजिक भिडियो निर्देशक पूजा ठकुरी, उत्कृष्ट नव गायक किशोर सेन्चुरी, उत्कृष्ट नव गायक (जुरी) नन्दलाल श्रेष्ठ (मोबाइलको कमाल), उत्कृष्ट लाइभ दोहोरी गायिका रेखा महर्जन बस्नेत, उत्कृष्ट नव मोडल राजेश सापकोटा, उत्कृष्ट टेलिफिल्म कलाकार देवचन्द्र भट्ट, उत्कृष्ट लोकदोहोरी गीत, गंगाराम घिमिरे, उत्कृष्ट पूर्वेली गायिका प्रमिला राई, उत्कृष्ट काठे गीत सुन्दर आरडी (माया गर्छु भनेर) लाई अवार्ड वितरण गरिएको थियो ।

यस्तै मौलिक गायक माधव बस्नेत, उत्कृष्ट काठे गायक भिमसेन श्रेष्ठ, उत्कृष्ट काठे गायिका आकृति हुमागाईं, उत्कृष्ट काठे गायिका सावित्री गौतम, उत्कृष्ट लोक तथा दोहोरी गायक अमृत आचार्य, उत्कृष्ट नव मोडल पुकार विक्रम थापा, उत्कृष्ट मोडल दिपेन्द्र सोनाम, उत्कृष्ट गायिका प्रतिमा केसी, उत्कृष्ट शब्द अशोककुमार सापकोटालाई पनि अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ट लोकदोहोरी शब्दतर्फ सरला तिमिल्सिना, उत्कृष्ट छायाकार सञ्जय चन्द, उत्कृष्ट छायांकन उमेशबहादुर साह, उत्कृष्ट छायाकार रामकृष्ण कडेल, उत्कृष्ट आधुनिक गायिका लाबोनी चक्रवर्ती, उत्कृष्ट लोकआधुनिक गायक डिजराज पौडेल, उत्कृष्ट लय राज बराइली, उत्कृष्ट आधुनिक गीत संगीतकार एलिया सुनुवारलाई पनि अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट युगल संगीतकार शिवराज गौतम, सदाबहार गायक रामहरि भण्डारी, सदाबहार गायिका पार्वती कार्की, उत्कृष्ट आधुनिक संगीतकार ज्ञानेन्द्र गिरी, उत्कृष्ट शब्द सरण हुमागाईं, उत्कृष्ट लोकदोहोरी मोडल लक्ष्मी दर्नाल, उत्कृष्ट म्युजिक भिडियो निर्देशक सूरज खनाल, उत्कृष्ट मोर्डन सङ अफ द इयर सिजम सिन्जाली, पपुलर अफ द इयर घमेश दुलाललाई अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न विधाका कलाकार, सर्जक, सञ्चारकर्मी, समाजसेवी तथा जनप्रतिनिधिहरूलाई सम्मान तथा अवार्ड प्रदान गर्दै नेपाली कला, संस्कृति र संगीत क्षेत्रको योगदानको उच्च कदर गरिएको काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित