कपिलवस्तु । सीमाक्षेत्रमा बढ्दो तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सशस्त्र प्रहरी बल कपिलवस्तुले मर्यादपुर बीओपीमा कार्यरत सुरक्षाकर्मीलाई जिल्लामा तानेको छ ।
सशस्त्र प्रहरी बल २८ नम्बर हेडक्वार्टर कपिलवस्तुले सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा अपेक्षित कडाइ नगरेको निष्कर्ष निकाल्दै एक जना सशस्त्र प्रहरी सहायक निरीक्षक (सई), दुई जना असईसहित ३४ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो । सो स्थानमा नयाँ टोली खटाइएको सशस्त्र स्रोतले जनाएको छ। हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरी नायब निरीक्षक धुव्र भुसालको नेतृत्वमा नयाँ टोली परिचालन गरिएको छ।
मर्यादपुर–सुठौली भन्सार तथा मातहतका नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणमा खटिएको टोलीले सन्तोषजनक नतिजा नदिएको भन्दै कारबाही स्वरूप फिर्ता गरिएको बताइएको छ। सुठौली भन्सारअन्तर्गत पर्ने रंगपुर नाकाबाट तस्करी नरोकिएको भन्दै पछिल्लो समय जनगुनासो र दबाब बढ्दै आएको थियो ।
स्थानीयका अनुसार भारतीय सीमासँग जोडिएको रंगपुर नाका क्षेत्रमा विगत चार महिनादेखि तस्करी गतिविधि बढ्दै गएको छ। प्रहरी चौकी अगाडिबाटै अवैध ओसारपसार हुने गरेको आरोप स्थानीयले लगाएका छन्। विभिन्न सहायक नाकामार्फत मोबाइल सेट, ल्याप्टपका पार्टपुर्जा, कपडा, सुर्ती, मलखाद, बीउविजन, कुखुरा, विषादी लगायतका सामग्री नेपालतर्फ भित्रिने गरेको बताइन्छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले भने प्राप्त सूचनाका आधारमा जिल्लामा हुने चोरी–तस्करी नियन्त्रणमा प्रहरी सक्रिय रहेको दाबी गरेका छन् । हालसम्म उल्लेखित प्रकृतिका घटना’bout औपचारिक जानकारी नआएको उनले बताए।
सम्बन्धित समाचार
थाइल्यान्डमा गिरफ्तार तुलसालाई मध्यराति काठमाडौं ल्याइयो
लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
लुम्बिनीमा एमालेका चार मन्त्रीले राजिनामा दिने तयारी
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ
बालिका करणी अभियोगमा खुशीराम पक्राउ
अगिया खोलामा अवैध उत्खनन, सशस्त्रको छापा
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ






