Sunday, May 9, 2021
Home अर्थ आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार

आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार

पहिलो चरणमा यूएई र म्यानमारबाट २ सय बढी आउँदै

,

काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण रोजागरी गुमाएका एवं अन्य विभिन्न काम विशेषले विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर शुक्रबार २ वटा विमान चाटर्ड उडान भरि नेपाल आउने भएका हुन् ।

विदेशमा अलपत्र परी गम्भीर समस्यामा परेका नेपालीलाई तत्काल ल्याउने तयारी सरकारले गरेसँगै पहिलो चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट एक-एकवटा विमान नेपाल आउन लागेका हुन् । अहिले युएई तथा म्यानमारबाट आफूहरूलाई औपचारिक रूपमा पत्र नआए पनि मौखिक जानकारी भने आइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले जानकारी दिएको छ ।

अध्यागमन विभागका अनुसार पहिलो चरणमा शुक्रबार दुईवटा विमान नेपाली नागरिकलाई लिएर चार्टड उडान भरी नेपाल आउन लागेका हुन् । विदेशमा अलपत्र नेपालीहरूबाट पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका, भिसा अवधि सकिएर स्वदेश आउनकै लागि यसअघि नै चेकआउट भएका र आफन्त बितेर अन्तिम संस्कारमा आउनुपर्नेहरूलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको थियो ।

उडानमा सहभागी गराउन सरकारले उद्धारका १५ वटा प्राथमिकता तोकेको छ भने जसमध्ये सजायबाट आममाफी पाएका र घरफिर्ती केन्द्रमा रहेकालाई पहिलो चरणमा ल्याइने छ ।

यसअघि गत १९ जेठमा सरकारले विदेशमा अलपत्र नेपाली नागरिकलाई ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको बताएको थियो । जसका लागि अहिले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनदेखि सम्पूर्ण स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप बलियो बनाइसकेको छ ।

विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विदेशबाट आउनेमा कोरोना भाइरस संक्रमण हुन सक्ने अवस्थालाई मध्यनजर गरी अहिले विमानस्थलको स्वास्थ्य सुरक्षा प्रबन्ध एकदमै मजबुद बनाइएको बताए । उनले लकडाउनका बेला पनि यस विमानस्थल व्यवस्थापनका लागि निरन्तर काम भइरहेको जानकारी दिए । उनले अहिले यस विमानस्थलबाट सामाजिक दूरी कायम गरी हवाई उडान सञ्चालनका लागि विभिन्न ठाउँमा मार्किङ र सरसफाइलगायत सबै तयारी पूरा भएको बताए । उनले सरकारले अब धमाधम विदेशबाट उद्धार गरी ल्याइने नेपालीलाई उद्धार गर्ने बताएसँगै यस विमानस्थल कार्यालयले पनि विमानस्थल सरसफाइ एवं व्यवस्थापनलाई थप बलियो बनाएको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउनेगरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको बताउँदै महाप्रबन्धक केसीले भने, ‘अब विमानस्थलमा एकपछि अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ । कर्मचारी र यात्रुबीच भौतिक रूपमा पनि उत्तिकै दूरी कायम हुनेछ ।’ यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानमा अब साबिकको तुलनामा कम्तीमा एक घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने अवस्था हुनेछ । गत ११ चैतदेखि जारी लकडाउन र व्यवसायिक उडान प्रतिबन्धकाबीच पनि यस विमानस्थलबाट अहिले ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेका छन् ।

यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको कामसमेत सम्पन्न गरिएको उनले जानकारी दिए । अब सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम थाल्नेछ । यस अवस्थामा विमानस्थल व्यवस्थापन अर्को चूनौतीपूर्ण क्षेत्र भएकाले अहिले आफू कोरोना संक्रमण फैलिन सक्ने जोखिमप्रति निकै सचेत भएको उनको भनाइ छ ।
अहिले सरकारले विदेशमा अलपत्र नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गरिने बताएको छ । स्वेदश आउने व्यक्तिसँग उडानअघि कोभिड–१९ संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण हुनुपर्ने नीति पनि सरकारले लिएको छ । सोही नीतिअनुसार सरकारले कोरनो भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको हो ।

जसका लागि सरकारले भारतबाहेकका मुलुकबाट नेपाली नागरिकलाई ल्याउन दैनिक प्रतिमुलुक एकका दरले १० वटासम्म हवाई उडानको अनुमति दिन सकिने निर्णय गरेको छ । सरकारले जारी गरेको स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेशअनुसार कुनै मुलुकबाट यात्रु आउने अवस्था नरहे एक दिनमा १० वटा उडान नबढ्ने गरी धेरै यात्रु भएका मुलुकबाट थप उडान गर्न पाइने छ । स्वेदश आउने व्यक्तिसँग उडानअघि कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण हुनुपर्नेछ । यस्तो उडानमा सहभागी गराउन सरकारले उद्धारका १५ वटा प्राथमिकता तोकेको छ ।

जसमा सजायबाट आममाफी पाएका, घरफिर्ती केन्द्रमा रहेका र हाल नेपाल आउन अनुमति प्राप्त भएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका छन् । यसैगरी, सरकारी सेवामा रही अध्ययन वा तालिममा गएका, अध्ययन समाप्त भएका विद्यार्थी, नेपाल आउनुपर्ने अवस्थामा रहेका अध्ययरत विद्यार्थी, परिवारिक पुनर्मिलनका लागि गएका, कम्पनीबाट रोजगारीसहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेका नेपाल आउनुपर्ने अवस्थाका तथा पर्यटक तथा व्यापारिक भिसामा गएकाहरू पनि प्राथमिकता पर्नेछन् ।

(Visited 394 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

बिजुली बलेपछि झिलिमिली गाउँ

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ । केही समययता खदिका स्थानीय...

काठमाडौं फर्कियो बाबरी युनिट

काठमाडौं । चलचित्र बाबरीको केही छायांकन भारतको सिक्किममा गर्ने तयारी हुँदै थियो । तर, नेपाल भारत सीमा बन्द गरेका कारण आफूहरू छायांकनका लागि सिक्किम...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

ट्रेन्डिङ

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका...

कोभिड–१९ को खोप र महामारीका लागि नेपालले ८ खर्ब ७ अर्ब रुपैयाँ पाउने

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिडविरुद्धका खोपको समतामूलक वितरणमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय...

युवाको मानसिक स्वास्थ्यबारे साताव्यापी छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सञ्चालन गरिएको साताव्यापी युवाको मानसिक स्वास्थ्यबारे छलफल कार्यक्रम सम्पन्न भयो । द स्कुल अफ साइकोलोजी नेपाल, रोटरी...

लकडाउन गाइडलाइन : यौन सम्पर्क गर्न नपाइने !

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट बचाउनका लागि इङल्याण्डमा सरकारले नयाँ नियम लागु गरेको छ । नियम अनुसार आफ्नो घरमा कोही पनि नयाँ व्यक्तिसंग यौन...

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको...

चार सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका चार सचिवलाई सरुवा तथा पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद...

ओली समूहको बैठकमा थापाले भने, ‘क्रान्तिकारी परिवर्तनका लागि प्रतिनिधिसभा विघटन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् । पार्टी विभाजनपछि तीन...

बजेटमा व्यक्तिगत कर छुट सीमा र भ्याटको थ्रेसहोल्ड वृद्धिको माग

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै निजी क्षेत्रले सरकारलाई नयाँ बजेटमा कर छुटको सीमा बढाउनेदेखि भ्याटको थ्रेसहोल्ड बढाउनेसम्मका...

नेपालमा एक दिनमा ७ महिला बलात्कृत, २ महिनामा १ जनाको हत्या

काठमाडाैं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दासमेत प्रहरीले हत्याराको सामान्य सुइँको समेत पाउन सकेको छैन...

२०७६ लाई फर्केर हेर्दा : आर्थिक रूपमा निराशाजनक

काठमाडौं । २०७६ साल आर्थिक रूपमा निराशाजनक रह्यो । वर्षको सुरुवातमै समिट एयरको विमान दुर्घटना भएको थियो भने वर्ष सकिँदा विश्वभर कोरोना भाइरस (कोभिड–१९)...

यी हुन् पत्रकारका नेता, समस्यामा परेकालाई घरमै चामल पु-याउदै छन्

इटहरी । दाह्री, कपाल सेतै फुलेका । हँसिलो अनुहार, आईतबार इटहरीमा एक बृद्ध चामलको बोरा बोकेर गाडीमा लोड गर्दैथिए । लगातार उनले चामल, दाल...

शहर सुन्दर बनाउने यी पौखरी हातहरु (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणको कारण अहिले सिंगै शहर त्रस्त छ । शहरमा बस्नेहरुका लागि मुखमा मास्क अनिवार्य जस्तै बनेको छ भने सामाजिक दुरी परिपालना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)