डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४ वटा क्वारेन्टाइन स्थलभित्र रहेका करिब १ सय १० जनालाई विहीबारसम्म पौष्टिक आहारको रुपमा सुजी (हलुवा) खुवाएका छन् ।
वडा नं.२ भित्र रहेका क्वारेन्टाइनहरुमा गर्भवती महिला, बालबालिका र बृद्धहरु रहेकाले केही युवाहरु मिलेर पौष्टिक आहार सुजीको हलुवा पकाएर खुवाउने अभियान संचालन गरेको अभियान्ता चन्द्र ऐरले बताए । क्वारेन्टाइनभित्र गर्भवती महिला र बालबालिकाहरु रहेका छन् उनीहरुलाई पोषिलो खाना आवश्यक पर्ने भएको हुँदा पौष्टिक आहार अभियान संचालन गरेको अभियान्ता ऐरले बताए ।
भारतबाट गौरीफन्टाको नाका हुदै क्वारेन्टाइनस्थलसम्म पुग्दा बाटोमा केही खानेकुरा खान नपाई भोकभोकै बस्नु परेको अजयमेरु गाउपालिकासम्म पुग्दा बाटोमा केही खानेकुरा खान नपाएको र भोकभोकै क्वारेन्टाइन पुगेको सोभा ऐरले बताईन उनले भनिन गर्भवति अवस्थामा रहेकी छु बाटोमा पनि खानेकुरा खान पाईएन भोकभोकै क्वारेन्टाइनमा पुग्दा रोगले भन्दा एकातिर भोकले र अर्कातिर गर्भमा रहेको बच्चालाई कसरी भन्ने चिन्ताले बढी सताएको थियो तर चमडाका केही मनकारी युवाहरुले हामीलाई पौष्टिक आहार सुजीको हलुवा खुवाएर म र मेरो पेटको बच्चाको ज्यान जोगाईदिए ।

क्वारेन्टाइनमा रहेकी सोभा ऐर मात्रै हैन हिरादेवी टमटा, दिपा टमटा पनि गर्भवति अवस्थामा रहेका छन् उनीहरु पनि सोभा ऐरको जस्तै समस्या भोग्दै अजयमेरु गाउपालिका वडा नं.२को क्वारेन्टाइनमा पुगेकी छन् । गौरीफन्टा नाकादेखी अजयमेरु गाउपालिका २ चमडा पुग्दासम्म करिब ७÷८ घण्टाको बाटोमा पानी समेत पिउन पाएनौ खानाको त धेरै परको कुरा हो । हामीले पैसा दिएर पानी किन्न खोज्दा समेत व्यापारीहरुले दिन चाहेनन् गर्भवति दिपा टमटाको भोगाइ छ ।
उनले भनिन क्वारेन्टाइनमा बस्दा खाना राम्ररी नपाईएको समाचारहरुले मन पिरोली रहेको थियो । तर केही मनकारी युवाहरुले क्वारेन्टाइनमा रहेको सवैजनालाई दालभात होईन पौष्टिक आहार सुजीको हलुवा पकाएर दिदा भोक र प्यासले ब्याकुल मेरो शरिरभित्रबाट शक्ति आयो र पेटमा रहेको बच्चाको स्मरण गर्दै आँखा रसाए हजुर ।
भारतदेखी गाउ पुग्दा सम्मका सवै दुःख पिडाहरु क्वारेन्टाइनमा विर्सिदै नयाँ जिवन लिएर आफ्नो घर जाने ति महिलाहरुले बताए । क्वारेन्टाइनमा पौष्टिक खाना अभियानका अभियान्ताहरुले कोरोना महामारीमा यो अभियानलाई सहयोगी दाताहरुको खाँचो रहेको र सहयोगी हातहरु भेटिए गाउपालिकाभित्रका सवै क्वारेन्टाइनहरुमा संचालन गर्ने बताएका छन् ।
क्वारेन्टाइनमा पौष्टिक आहार अभियान पत्रकार चन्द्र ऐरको नेतृत्वमा लक्ष्मण खाती, कपिल ऐर हरि भट्टले संचालन गरेका छन् । हाल डडेल्धुरा जिल्लामा ३ सय ३ जना महिला ४ हजार ९ जना पुरुष र १ सय ६६ जना बालबालिका गरी ४ हजार ५ सय ८ जना विहिबारसम्म क्वारेन्टाइनमा रहेका छन् ।






