जनकपुरमा पसलहरु दिउँसो १२ बजेसम्म खोल्ने निर्णय

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामको सम्पूर्ण पसलहरु दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कर्मस जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले बताए ।

जिल्ला सुरक्षा समिति, जिल्ला समन्वय समिति जनकपुरधाम उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सका पदाधिकारीहरू बजार सहजिकरणका लागि बसेको संयुक्त बैठकबाट औषधि पसल बाहेकका सम्पूर्ण पसलहरु दिउँसो १२ बजेसम्म खोल्ने निर्णय गरिएको हो । पसल बन्द गरेर दिनको १ बजेसम्म सम्पूर्ण व्यवसायीहरुलाई आ–आफ्नो गन्तव्यसम्म पुगीहाल्न समेत आग्रह गरिएको छ ।

प्रत्येक व्यवसायीले आ–आफ्नो प्रतिष्ठान अगाड़ी अनिवार्य रुपमा सेनिटाइजर, साबुन पानी, मास्क, ग्लोब्स र सोसल डिस्टेन्सको ब्यवस्था गर्ने र सतर्कतापूर्वक व्यवसाय सञ्चालन गर्दै सुरक्षा निकायलाईसमेत सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अनुरोध गरेका छन् । सैलून,ब्यूटी पार्लर, सिनेमाहल, होटल र रेस्टुरेन्टहरुको हकमा हाललाई कुनै निर्णय नभएको र यथाशीघ्र यस क्लस्टर तर्फ पनि बिचार गरिने सहमति भएको चेम्बर अफ कमस जनकपुरधामका वरिष्ठ उपाध्यक्ष मिश्रले बताए ।

जिल्ला प्रशासन कार्यालयसँग आफुहरुले लकडाउनलाई खुकुलो पार्दै दिउँसो १२ बजेसम्म पसल खोल्ने सहमति गरेको जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले बताए । पछिल्ला केही दिनयता बिहान फाटफुट रुपमा बजार खुल्ने गरेको भएपनि प्रहरीले बन्द गराउने गरेको थियो । यसै क्रममा प्रहरीले बिहीबार बजार बन्द गराउने क्रममा जानकीचोकका एक व्यापारीलाई कुटपिट समेत गरेका थिए । प्रजिअ निरौलाले यसबाहेक जबर्जस्ती पसल खोलेमा कानून बमोजिम कारवाही गरिने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान