गेट हटाएर पार गराइयो ५ वटा ट्रक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको स्वागत गेटका कारण उचाइ नपुगेर रोकिएका ट्रक केहीबेरअघि चितवनबाट पठाइएको छ ।

हिजो दिउँसो २ बजेदेखि टिकौली जङ्गलमा रास्वपाको स्वागत गेट छिचोल्न नसकेर रोकिएका ५ वटा ट्रक केही समयअघि गन्तव्य पठाइएको चितवनको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ती ट्रक चितवनकै कुरिनटारमा रहेको बाह्रसिंगे वियरको लागि ट्यांकर लिएर आएका थिए । टिकौलीको गेट सारेर पार गरिए पनि भरतपुरको वडा नम्बर १ मा रहेको सडक डिभिजन कार्यालयको गेट पनि कट्न नसकेपछि गाडी पास हुन समय लागेको थियो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अनिल थापाका अनुसार केही बेरअघि मात्रै गाडीलाई गन्तव्यतर्फ पठाइएको हो । सडक डिभिजनसँग समन्वय गरेर क्रेनले सडकको बोर्ड हटाएपछि कुरिनटारतर्फ पठाइएको बताए ।

हिजोदेखि पाँचवटा गाडी टिकौली जंगलबाट फर्काएर रत्ननगरको निपनी चोकमा पार्किङ गरेर राखिएको थियो । प्रहरीले रास्वपाको महाधिवेशन सकिएपछि मात्रै पठाउने बताएको थियो । ट्रक रोकिएको विषयमा सामाजिक सञ्जालमा आलोचना बढेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

गेट हटाएर पार गराइयो ५ वटा ट्रक