काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियताप्रति कुनै शंका नगर्न आग्रह गर्दै राष्ट्रिय हित र सीमा सम्बन्धी विषय प्रमाणका आधारमा अघि बढाइने बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कालापानी नेपालको भूभाग भएको प्रमाण रहेको उल्लेख गर्दै छिमेकी मुलुकसँग संवाद र तथ्यका आधारमा समस्या समाधान गरिने बताए। उनले नेपालको सीमा सम्बन्धी विषयमा अनावश्यक आशंका नगर्न आग्रह गर्दै राष्ट्रिय हितको पक्षमा आफू दृढ रहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकारले जनताका दीर्घकालीन समस्याहरू समाधानलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सुकुम्वासी समस्या र सहकारी क्षेत्रका समस्याहरू यही कार्यकालभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “हामी यही कार्यकालमा सुकुम्वासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा यही एजेन्डा दोहोर्याएर जनतासामु जाने होइन, नयाँ उपलब्धि र नयाँ एजेन्डासहित जाने लक्ष्य छ।”
प्रधानमन्त्री शाहले सरकारलाई परिणाममुखी र जनउत्तरदायी बनाउने दिशामा काम भइरहेको बताउँदै जनताले अपेक्षा गरेका परिवर्तनलाई व्यवहारमा उतार्न सरकार केन्द्रित रहेको बताए।
महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सरकार सञ्चालनको शैली’bout उठ्ने टिप्पणीहरूको पनि जवाफ दिए। आफ्नो नेतृत्वको सरकार तीव्र गतिमा लक्ष्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले सरकारको यात्रालाई ‘एक्सप्रेस वेमा दौडिरहेको गाडी’ सँग तुलना गरे।
“धेरैले सरकार सञ्चालनमा ब्रेक पनि आवश्यक हुन्छ भन्नुभएको छ,” उनले भने, “तर हाम्रो यात्रा लोकल रोडको होइन, एक्सप्रेस वेको यात्रा हो। हामी गन्तव्यमा नपुगेसम्म रोकिने छैनौँ, ब्रेक गन्तव्यमा पुगेपछि मात्रै लाग्छ।”
प्रधानमन्त्री शाहको सम्बोधनमा राष्ट्रियता, सुशासन, जनजीविकासँग जोडिएका समस्या समाधान तथा परिणाममुखी शासनप्रति सरकारको प्रतिबद्धता प्रमुख रूपमा प्रस्तुत भएको थियो।
सम्बन्धित समाचार
‘मौकाको बोली’को गलत व्याख्या गर्दै भूतलक्ष्यी कानुन बनाउन सिफारिस
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
ओली, लेखक र गुरुङलाई कारबाही गर्ने कानुनको खोजीमा सरकार
आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले
देश बनाउने कुरामा जिस्कदै प्रधानमन्त्री बालेन !
‘चिया पिउन भ्याउनेले चिया किसानको समस्या समाधान किन नगरेकाे ?’
मध्यरातमा प्रहरीले गर्यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि






