बागमती । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो ।
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए ।
आव २०८२/८३ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन रु ६६ खर्ब नौ करोडमध्ये बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत (अर्थात् रु २४ खर्ब २३ अरब)पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै मुलुकको प्रतिव्यक्ति आय एक हजार ५३५ अमेरिकी डलर रहँदा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबै प्रदेशभन्दा बढी दुई हजार ६४४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ ।
मुलुकको निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशत हुँदा बागमती प्रदेशमा निरपेक्ष गरिबी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत मात्र रहेको सरकारको आव २०८३/०८४ को बजेटमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
माडीमा जडीबुटी उद्यान बनाईदै
सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण
सहकारीका शेयर सदस्यलाई स्वास्थ्यमा छुट
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
अठासी जना गर्भवतीलाई पोषणयुक्त खाद्यान्न वितरण
फाइभ जीका लागि सरकार र सेवा प्रदाय दुवै तयार
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव






