४४ दिनपछि बीरगञ्ज खुल्यो, जोरविजोर प्रणाली लागु

वीरगन्ज । लकडाउनपछि बन्द पर्साका सबै प्रकारका व्यापारिक फर्महरु ४४ दिन पनि जोर विजोर प्रणालीमा खुलेका छन् । संकट व्यवस्थापन केन्द्र पर्साको पछिल्लो निर्णय अनुसार जोर विजोर प्रणालीका आधारमा पर्साका व्यापारिक फर्महरु शुक्रबारबाट खुलेका हुन् ।

कोरोना संक्रमणबाट बचेर व्यापार व्यवसाय संचालन गर्ने योजना अनुरुप व्यापारिक फर्म खोलिएको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । स्थानीय दलका अगुवा, उद्योगी व्यापारी र जिल्लाका सबै सुरक्षा अंगको समन्वयमा दूरी कायम गरी संक्रमण पनि फैलन नदिने गरी व्यापारिक फर्महरु खोल्ने निर्णय भएको उनको भनाइ छ ।

व्यापारिक फर्म संचालनका लागि पर्सामा वीरगन्ज उद्योग बाणिज्य संघलाई समन्वयको जिम्मा दिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । ‘हामीले आगामी दिनमा अनुगमन गर्दा गर्दा कसैले सुरक्षा सतर्कता नअपनाई व्यापार व्यवसाय गरेको पाइए वा सहमति अनुसारका मापदण्ड नअपनाए संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही गर्न सक्ने गरी प्रायः सबै प्रकारका पसलहरु खोल्न दिने निर्णय गरेका छौं ।’ उनले भने ।

बैंक वित्तीय संस्था नियमित खुल्ने

संकट व्यवस्थापन केन्द्र पर्साको पछिल्लो निर्णय अनुसार औषधी पसलहरु २४ घण्टा नै खोल्न सक्ने छन् भने बैंक तथा वित्तिय संस्था नियमित खोल्ने निर्णयमा उल्लेख छ । त्यसै गरी तरकारी तथा खाद्यान्ह, दुध, पानी लगायत दैनिक उपभोग्य अत्यावश्यक बस्तुका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्ने भनिएको छ ।

जोर विजोर प्रणाली अन्तरगत जोर गतेमा खुल्ने पसलहरु रेडिमेट, कपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकलगायत छन् । विजोर गतेमा हार्डवेयर, साइकल, मोटरपार्टस्, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर लगायतका पसलहरु खुल्ने निर्णयमा उल्लेख छ । शुक्रबार भने पहिलो दिन विजोर गतेमा खुल्ने पसलहरु आधिकारिक रुपमा खुलेका छन् ।

सबै प्रकारका मालबस्तु ढुवानी साँझ ७ बजे पछि

पशु आहार, खाद्य, किराना, कृषि उत्पादन, मल, बिउ, माछा, कुखुरा तथा सोको दाना, सिमेट, निर्माण सामग्री र मालढुवानी सबै हरेक दिन साँझ ७ बजेपछि गर्ने भनिएको छ ।

सार्वजनिक सवारी र सिनेमाहल लगायत सबै बन्द

सार्वजनिक सवारी जस्तै बस, टेम्पो, अटोरिक्सा लगायत भने अहिले पनि पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कोरोनाको कहर तुरुन्तै नजाने भएपछि कोरोनासँगै आर्थिक गतिविधि पनि अगाडी बढाउन नयाँ मापदण्ड बनाई उच्च संक्रमित फेला परिरहेको समयमा पनि आर्थिक गतिविधि गर्ने केहीलाई खुकुलो गरिए पनि एक्कासी सबै नखोलिएको बुझ्न पर्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

सिनेमा हल, जिमखाना, होटल रेष्टुरेन्ट, सैलुन, लगायतका संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहने छन् । त्यसै गरी मठ, मन्दिर, मस्जिद, गुम्बा र मानिसको बढि भिडभाड हुने कुनै पनि अन्य फर्म तथा संस्थाहरु खोल्न पाइने छैन । यो समयमा परिक्षणको दायरा भने तिब्र रुपले अगाडी बढाउनु पर्ने बाध्यता भएकोले त्यसै अनुरुप अरु काम भने भइरहने

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन