तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता

मुम्बई । दक्षिण भारतीय अभिनेता थलापति विजय गत महिना नै तमिलनाडुको मुख्यमन्त्री बनिसके । अहिले उनी चलचित्र अभिनयबाट टाढा छन् । उनी तमिलनाडुको बागडोर सम्हाल्न व्यस्त छन् । उनले अनिश्चित कालको लागि चलचित्र अभिनयबाट संन्यास लिए पनि अझै तमिल चलचित्रमा सर्वाधिक पारिश्रमिक लिने सूचीमा उनी नै अग्रपंक्तीमा रहेका छन् ।

सन २०२५ मा तमिल चलचित्रबाट सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा थलापति विजयको नाम अग्रपंक्तिमा रहेको छ । रिपोर्टहरू अनुसार, उनले सन २०२५ मा रिलिज भएका चलचित्रहरूबाट प्रति चलचित्र २०० करोड देखि २५० करोडसम्म पारिश्रमिक लिएका छन् । उनको यो रेकर्ड अझै दक्षिण भारतका अरू अभिनेताहरूले तोडेका छैनन् ।

अभिनेता विजयले सम्बन्धित चलचित्रको पारिश्रमिक र शेयर दुवै मिलाएर यति धेरै रकम लिने गरेका हुन् । उनको लगातार हिट चलचित्रहरू र फ्रान्चाइजी चलचित्रहरूको सफलताले पनि विजयलाई उद्योगको सबै भन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा राखिएको छ । उनको पछिल्लो चलचित्र ‘द ग्रेटेस्ट अफ अल टाइम’ (गोट) यो स्थानलाई अझ बलियो बनाएको छ । यस्तै ‘लियो’, ‘वारिसु’, ‘बीस्ट’, ‘मास्टर’, ‘बिगिल’, ‘सरकार’ र ‘मेर्सल’ जस्ता सुपर हिट चलचित्रका कारण पनि विजय सबै भन्दा बढी कमाउने तमिल चलचित्र अभिनेताको सूचीमा छन् । हुन त उमेर र चर्चाको हिसाबले तमिल चलचित्रमा रजनीकान्त सुपरस्टारको रूपमा परिचित छन् । तर सन २०२५ मा, उनले प्रति चलचित्रबाट पारिश्रमिक र शेयर गरेर ११० देखि २१० करोड रुपैयाँसम्म प्राप्त गरेका छन् । अहिलेको अवस्था हेर्दा सन २०२६ को सूचीमा पहिलो स्थानमा रजनीकान्त पर्ने अवस्था अझै छ । चलचित्र ‘२.०’बाट उनको पारिश्रमिक शेयर सहित १०० करोड पुगेको हो । त्यसपछि ‘जेलर’, ‘कुली’, ‘कवाली’, ‘एन्थिरन’, ‘वेट्टाय्यान’, र ‘पेट्टा’ जस्ता चलचित्रबाट उनले ११० करोडे देखि २१० करोडसम्म प्राप्त गरेका छन् ।

अर्का तमिल सुपरस्टार कमल हासनको पारिश्रमिक अवस्था थलापति विजय र रजनीकान्त भन्दा निकै पछाडि छ । आफ्नो पछिल्लो चलचित्र ‘विक्रम’ को उच्च सफलता पछि उनले आफ्नो पारिश्रमिक (शेयर) सहित प्रति चलचित्र १५० करोड पु¥याएका छन् । त्यसअघि उनले प्रति चलचित्र करिब १०० करोडसम्म शेयरसहितको पारिश्रमिक लिन्थे । तमिल अभिनेताहरूमध्ये यसरी कमाइको हिसाबले तेस्रो स्थानमा कमल हासन रहेका छन् ।

तमिल अभिनेतामा अहिले पनि अजित कुमार पारिश्रमिकको हिसाबले चौथो स्थानमा छन् । उनले प्रति चलचित्र १०० देखि १२० करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । संख्याको हिसाबले अहिले पनि धेरै तमिल चलचित्रमा काम गर्नेमा उनी नै अग्रपंक्तिमा छन् । ‘विधमुयाच्र्य’, ‘गुड ब्याड अग्ली’ जस्ता चलचित्रबाट उनले १०० करोड भन्दा माथि पारिश्रमिक लिएका छन् ।
तमिल चलचित्र अभिनेतामा पारिश्रमिकको हिसाबले पाँचौँ स्थानमा शिवकार्तिकेयन छन् । २०२५ मा उनको प्रति चलचित्र ३५ करोड देखि ५० करोड रुपैयाँ (शेयरसहित) लिएका छन् । ‘अमरन’ को सफलता पछि उनले आफ्नो पारिश्रमिक ५० करोडसम्म पु¥याएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता