मुम्बई । आफ्नो समयकी चर्चित बलिउड अभिनेत्री अभिनेत्री शर्मिला टैगोरले सन् १९६८ मा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा भूपालका नवाव मन्सुर अलि खान पटौदीसँग विवाह गरिन् । बंगाली परिवारमा जन्मिएकी अभिनेत्री शर्मिला विवाहअघि हिन्दु धर्मावलम्बी थिइन् । यसरी हिन्दु परिवारमा हुर्किएकी शर्मिलाले विवाहपछि इस्लाम धर्म ग्रहण गरिन् । उनले त्यति बेला आफ्नो इस्लाम नाम ‘आयशा सुल्ताना’ राखिन् । विवाहपछि विभिन्न समारोहमा निक्लँदा उनले मुस्लिम नारी अनुसार हिजाफले कपाल समेत ढाक्न थालिन् । यसरी उनले नवाव मन्सुर अलि खानसँग विवाह गरेर मुस्लिम धर्म अपनाए पनि विवाहपछि राखिएको नाम ‘आयशा सुल्ताना’लाई चर्चामा ल्याईनन् । इस्लाम धर्म ग्रहणपछि पनि उनले निरन्तर शर्मिला टैगोरकै नामले आफूलाई परिचित बनाइन् । विवाहपछि पनि उनी चलचित्रमा प्रस्तुत हुँदै आईन् ।
बलिउडमा अन्तर धार्मिक विवाह नयाँ विषय होइन। समयसँगै समाजमा आएको परिवर्तन, व्यक्तिगत स्वतन्त्रताको विस्तार र धार्मिक सहिष्णुताले यस्ता सम्बन्धलाई थप स्वीकार्य बनाएको देखिन्छ । यस्तै बलिउडकी अर्की अभिनेत्री अमृता सिंह आजकाल सिख धर्म मान्छिन् । उनी सिख परिवारकी हुन् । रमाइलो प्रसँग के भने जब अभिनेत्री शर्मिला टेगोलको बुहारीको रूपमा उनको घरमा अभिनेत्री अमृता सिंह भित्रिइन् । शर्मिला र उनका पति मन्सुर अलि खानको सल्लाहमा अभिनेत्री अमृताले पनि इस्लाम धर्म ग्रहण गरिन् । त्यति बेला क्रिकेटका चर्चित खेलाडी रहेका सैफ अलि खानसँग अभिनेत्री अमृताले प्रेम विवाह गरेकी थिइन् । पछि सैफ पनि चलचित्रको अभिनेता भए । सैफ र अमृताको दुई सन्तान पनि भए । डेढ दशक भन्दा लामो यी दुईको दाम्पत्य जीवन सम्बन्ध विच्छेदमा परिवर्तन भएपछि अभिनेत्री अमृता फेरी सिख धर्ममै फर्किइन् ।
यसरी बलिउडमा धेरै कलाकारहरूको अन्तर धार्मिक समुदायमा विवाह भएको छ । प्राय हिन्दुबाट मुस्लिम समुदायमा विवाह गरेका कलाकारहरूले आफ्नो धर्म परिवर्तन गरेका छन् । यस्तै सिख धर्म मान्दै आएका अभिनेता धर्मेन्द्रले पनि दोस्रो विवाहको बेला मुस्लिम धर्म ग्रहण गर्नु परेको थियो । बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनीसँग चलचित्र ‘शोले’को छायांकनको समयमा प्रेम सम्बन्धमा रहेका धर्मेन्द्रले दोस्रो श्रीमतीको रूपमा हेमासँग विवाह गरेका थिए । हेमाको विवाह अघि इस्लाम धर्म ग्रहण गर्नु पर्ने सर्त धर्मेन्द्रसँग थियो । धर्मेन्द्र पहिले नै विवाहित भएकाले यो दोस्रो विवाहका लागि उनले इस्लाम धर्म अपनाएका थिए । मुस्लिम समुदायमा दुई वा सो भन्दा बढी विवाह गर्न मिल्ने भएकाले त्यसपछि हेमा र धर्मेन्द्रको वैवाहिक सम्बन्धलाई कानुनी मान्यता दिइएको थियो । यो खबरले त्यति बेला खुबै चर्चा पाएको थियो । तर केही समय अघि धर्मेन्द्रको अन्त्यष्टी भने उनका छोराहरूले सिख धर्म अनुसार नै गरे ।
यसरी अन्तर धार्मिक विवाह गर्ने कलाकारहरू धर्म परिवर्तनका कारण बेला बेलामा चर्चामा आउने गरेका छन् । यस्तै अभिनेता सैफ अलि खानकै दोस्रो पत्नीको रूपमा विवाह गर्दा अभिनेत्री करिना कपुरले पनि इस्लाम धर्म स्वीकार गरिन् । यो धर्म स्विकार सँगै उनले आफ्नो नाम करिना कपुर खान राखिन् । उनले इस्लाम धर्म स्विकारे पनि आफू हिन्दु धर्म नछाडेको बताएकी छिन् । उनी घरमा इस्लाम धर्म अनुसार नमाज पढ्ने गर्छिन् भने हिन्दुहरूको चाड पर्व पनि मनाउँछिन् । तर आफूलाई धर्म परिवर्तन गर्न दबाब नआएको विवाहको बेला इस्लाम धर्म स्विकार्नु परेको यी अभिनेत्रीको कथन छ ।
अर्की अभिनेत्री नग्मा क्रिश्चियन परिवारकी हुन् । उनले हिन्दु धर्मावलम्बीसँग विवाह गरिन् । विवाहपछि यी अभिनेत्रीले पनि हिन्दु धर्म ग्रहण गरेको समाचार मिडियामा आएको थियो । रिपोर्टहरू अनुसार क्रिश्चियन पृष्ठभूमिबाट हिन्दु धर्म ग्रहण गरेकी नग्मा दुवै धर्मलाई उत्तिकै सम्मान गर्दै आएको बताउँछिन् । आफूले हिन्दु धर्म ग्रहण गरेको भए पनि क्रिश्चियन पृष्ठभूमि नछाडेको समाचार आएको थियो ।
अन्तर धार्मिक विवाहपछि केही कलाकारहरूले भने धर्म ग्रहण नगरे पनि एक अर्काको धर्मलाई सम्मान गर्दै आएका छन् । जसमा अभिनेता शाखरुख खान र गौरी खान तथा अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया डिसुजा पर्दछन् ।
अभिनेता शाहरुख खान इस्लाम धर्मावलम्बी हुन भने उनी पत्नी गौरी खान हिन्दु धर्मावलम्बी हुन् । विवाहको वेलामा इस्लाम धर्मलाई स्वीकार गरेर गौरी खान भएकी उनी हिन्दु धर्म मान्छिन् । अभिनेता शाहरुखले पत्नीको इच्छालाई दबाब दिएनन् । शाहरुखको अनुसार उनको घरमा पत्नी आफ्नो कोठामा बनाएको मन्दिरमा पुजा गर्छिन् । त्यति बेला शाहरुख अर्को कोठामा नमाज पढ्ने गर्छन । आफूहरु दुवैले एक अर्काको धर्मलाई पूर्ण सम्मान गर्दै हिन्दु र मुस्लिम दुवै समुदायको चाडपर्वलाई संयुक्त रूपमा मनाउने गरेको बताएका छन् । यसरी आफूहरूले अन्तर धार्मिक विवाह गरे र एक अर्काको धर्मलाई स्विकारे पनि धर्म परिवर्तन नगरेको शाहरुखको कथन छ ।
चलचित्रमा काम गर्ने क्रममा प्रेम सम्बन्धमा जोडिएका रितेश र जेनेलियाले पछि विवाह गरे । अभिनेता रितेश हिन्दु धर्मावलम्बी हुन भने अभिनेत्री जेनेलिया क्रिश्चियन समुदायकी हुन् । तर विवाहपछि यी दुवैले धर्म परिवर्तन गरेनन् । जेनेलियाको भनाईमा उनीहरु दुवैले एक अर्काको धर्मलाई सम्मान गर्दै आएका छन् । दुवै धर्मका चाडपर्वलाई आफूहरुले सम्मान पूर्व संयुक्त रूपमा मनाउने गरेको पनि यी अभिनेता अभिनेत्रीले बताएका छन् । दुवैको धर्मको सम्मान गर्ने सर्तमा विवाह भएकाले पनि आफूहरूमा धर्मले कुनै असर नगरेको यी अभिनेत्रीको कथन छ ।
यसरी बलिउडमा कतिपय कलाकारहरूले विवाहपछि धर्म परिवर्तन गर्ने निर्णय लिए भने कतिपयले आ–आफ्नो धार्मिक पहिचान कायम राख्दै पारिवारिक जीवन अगाडि बढाएका छन् ।
सम्बन्धित समाचार
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
‘हली’ टिजरमा महिनावारी पीडा
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’






