काठमाडौं । अभिनेता निखिल उप्रेतीले आफ्नै निर्देशन र लगानीमा नेपाली चलचित्र ‘आचार्य’ निर्माण गरेका छन् । यही चलचित्रबाट उनी ११ वर्ष पछि अभिनयमा फर्किएका छन् । यसअघि अभिनेता निखिलले २०७२ सालमा अभिनयसँगै चलचित्र ‘भैरव’को निर्माण तथा निर्देशन गरेका थिए ।
आफ्नो चलचित्रको छायांकन सकेर अन्य चलचित्रमा व्यस्त रहेका निखिल उप्रेतीले यो चलचित्रलाई अब साउन अन्तिममा ल्याउने भएका छन् । यो चलचित्रलाई सुरुमा दसैँमा ल्याउने तयारी भइरहेको थियो । तर दसैँमा फूलपातीको दिन चार वटासम्म नेपाली चलचित्र रिलिज हुने भएपछि आफ्नो चलचित्रको रिलिज मिति उनले अघि सारेका हुन् ।
भदौ र असोजमा रिलिजको उचित समय नपाएपछि निखिल उप्रेतीले आफ्नो चलचित्र ‘आचार्य’को रिलिज मिति आगामी साउनमा ल्याउने भएका छन् । उनलाई चलचित्रका वितरकले यो चलचित्र रिलिजको लागि २९ साउनको मिति दिएका छन् ।
नयाँ चलचित्र ‘कस्तुरी’को छायांकन सम्पन्न गरेर निखिल अहिले फेरी आफ्नै चलचित्रको निर्माणमा व्यस्त भएका छन् । पाँच महिना अघि छायांकन गरिएको चलचित्र ‘आचार्य’को अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्र रिलिजको मिति तय भएपछि अब फस्ट लुक्स मार्फत उनले यो मिति घोषणा गर्ने जनाएका छन् । आगामी भदौ महिनामा पर्ने चाडपर्वलाई लक्षित गरेर उनले साउन अन्तिममा यो चलचित्र रिलिज गर्न लागेका हुन् ।
यो चलचित्रमा एक्सनसँगै भिएफएक्सको काम बढी भएको पनि निखिलको कथन छ । सोही कारण आफूहरूले रातदिन यो चलचित्रको प्राविधिक काममा समय दिएको पनि उनले बताएका छन् ।
यो चलचित्रमा निखिलसँगै सञ्चिता लुइँटेल, पूर्णिका सिजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, विशाल पहारी, उषा उप्रेती, भारतीय कलाकार दीपराज राणालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
‘हली’ टिजरमा महिनावारी पीडा
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’






