इटहरी । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै विद्यालय तथा विभिन्न संस्थागत निकायहरूले सुरक्षित, भरपर्दो र किफायती यातायात व्यवस्थापनका लागि ईभी (इलेक्ट्रिक भेहिकल) लाई प्राथमिकता दिन थालेका छन्। यही क्रममा जीएल लामा अटो नेपाल प्रालिले कोशी प्रदेशको इटहरीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
यसैबीच, मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित हिमालयन इङ्लिस स्कुलले गो–नाउ कम्पनीद्वारा निर्मित (भिक्टोरी) ११ सिटर विद्युतीय भ्यान खरिद गरेको छ। विद्यालयका तर्फबाट कमल खनालले खरिद गरेको उक्त भ्यान जीएल लामा अटो नेपाल प्रालिको इटहरी शाखाबाट हस्तान्तरण गरिएको हो।
कम्पनीका अनुसार पूर्ण चार्जमा करिब २८० किलोमिटरसम्म यात्रा गर्न सक्ने यो भ्यान विद्यार्थी ओसारपसारका लागि सुरक्षित, आरामदायी, वातावरणमैत्री तथा अत्यन्तै किफायती विकल्पका रूपमा डिजाइन गरिएको छ।
हाल ११ सिटर (भिक्टोरी) ईभी भ्यानको बजार मूल्य रु. ४२ लाख ५० हजार रहेको छ। कम्पनीले सीमित अवधिका लागि रु. २ लाखसम्म विशेष छुट उपलब्ध गराइरहेको छ भने सहज किस्ताबन्दीका लागि आकर्षक फाइनान्स सुविधा समेत प्रदान गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार (भिक्टोरी) ईभी भ्यान विद्यालय, कलेज, होटल, कार्यालय तथा अन्य संस्थागत प्रयोजनका लागि उपयुक्त सवारी हो। फराकिलो सिट क्षमता, आरामदायी यात्रा, न्यून सञ्चालन खर्च, कम मर्मतसम्भार र शून्य धुवाँ उत्सर्जनजस्ता विशेषताका कारण संस्थागत ग्राहकहरूको रोजाइमा यो भ्यान पर्दै गएको कम्पनीको दाबी छ।
जीएल लामा अटो नेपाल प्रालिले हाल ११, १४, १६ र १९ सिटर क्षमताका विद्युतीय भ्यान नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। १४ सिटर भ्यानको मूल्य रु. ५४ लाख ५० हजार रहेको छ र यसले करिब ३२० किलोमिटर यात्रा गर्न सक्छ। त्यस्तै १६ सिटर भ्यानको मूल्य रु. ७९ लाख ४९ हजार रहेको छ भने यसको रेन्ज करिब ४०० किलोमिटर रहेको कम्पनीले जनाएको छ।
कम्पनीका कार्यकारी निर्देशक नेत्रप्रसाद चौलागाईं र सञ्जय लामा का अनुसार विद्युतीय सवारीको पहुँच देशभर विस्तार गर्ने लक्ष्यसहित कम्पनीले काठमाडौं, इटहरी, पोखरा, भरतपुर, बुटवल र नेपालगञ्ज स्थित शाखामार्फत देशभर डेलिभरी सेवा सञ्चालन गरिरहेको छ। कोशी प्रदेशका सबै जिल्ला तथा नेपालभरका ग्राहकले आफू रहेको स्थानमै सवारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उनीहरूको भनाइ छ।
भाटभटेनी सुपरमार्केट नजिक रहेको इटहरी शाखाबाट विद्यालय तथा संस्थागत ग्राहकलाई सवारी छनोटसम्बन्धी परामर्श, फाइनान्स सुविधा तथा बिक्रीपछिको सेवासमेत उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।
बढ्दो इन्धन मूल्य, न्यून सञ्चालन खर्च, कम मर्मतसम्भार र वातावरणमैत्री प्रविधिका कारण (भिक्टोरी) ईभी भ्यान विद्यालय तथा संस्थागत प्रयोगकर्ताका लागि दीर्घकालीन रूपमा भरपर्दो विकल्प बन्दै गएको कम्पनीको विश्वास छ। सुरक्षित, सहज र नियमित यातायात सेवाको आवश्यकता बढ्दै जाँदा यस्ता विद्युतीय सवारीको प्रयोग आगामी दिनमा अझ व्यापक हुने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
पौवादुङमाका ३४० किसानलाई ‘मिनिटिलर’ वितरण
कोशीको बजेट ४० अर्ब ४४ करोड
मेची कोरिडोरको भञ्ज्याङ–बेलासे सडक काम अधुरो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ : कोशी प्रहरीको महाअभियानमा १ हजार ७०५ पक्राउ
सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट
कालिकोटका सबै स्थानीय तहले ल्याए बजेट
बालिका करणी अभियोगमा महतो र राई पक्राउ






