बागलुङ । बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ताराखोला गाउँपालिकाका ३९ बर्षिय एकलपुरुषमा संक्रमण पुष्टि भएको हो । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ताराखोलाको क्वारेन्टाइनमा रहेका ३९ बर्षिय पुरुषलाई संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनी भारतदेखि फर्केर ताराखोलाको क्वारेन्टाइनमा बसिरहेका छन् ।
यससँगै बागलुङमा संक्रमणको संख्या १९ पुगेको छ । यसअगाडी बागलुङ नगरपालिकामा २, तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ३, बडिगाड गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन्भने अन्य १६ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)






