आफू कोरोना पोजेटिभ नभएको रजनीकान्ताको भनाइ

हैदराबाद । एक जना कलाकार रोहित रोयले दक्षिण भारतीय सुपरस्टार रजनीकान्त कोरोना संक्रमित भएको शैलीको इन्टाग्राम लेख्दा रजनीले स्पष्टीकरण दिनुपरेको छ । त्यो सन्देश गम्भीर नभएर ठट्यौली पाराको थियो । तर, दर्शकले त्यसलाई सही ठानिदिँदा अभिनेता रजनीकान्तले त्यो विषयमा स्पष्ट पार्नुपरेको छ ।

दर्शकहरूले आफूलाई कोरोना संक्रमण भएको भन्दै सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गर्दा अभिनेता रजनीकान्त सुरुमा छक्क परे । तर, पछि मात्र उनलाई रोहित रोयले गरेको ठट्टाका कारण यस्तो भइरहेको छ भन्ने जानकारी भयो । त्यसपछि अभिनेता रजनीकान्तले आफू अझै होम क्वारेन्टाइनमा रहेको र पूर्ण सुरक्षित रहेको बताए । आफूमा कोरोना पोजेटिभ नदेखिएकाले चिन्ता नलिन पनि उनले शुभचिन्तकलाई अनुरोधसमेत गरे ।

कलाकार रोहित रोयले आफ्नो इन्स्टाग्राममा ‘रजनीकान्त कोरोना पोजेटिभ भएका छन् र अब कोरोनालाई क्वारेन्टाइन गरिदिएका छन्,’ लेखेका थिए । उनको यही इन्स्टाग्रामलाई सत्य मानेर शुभचिन्तकले रजनीको स्वास्थ्यप्रति चासो राख्दै शीघ्र स्वास्थ्यलाभको कामना गरे । तर, यो खबर गलत भएको र आफू पूर्ण स्वास्थ्य रहेको रजनीकान्तले बताएपछि उनका शुभचिन्तकले सामाजिक सञ्जालमा रोहित रोयलाई गालीसमेत गरेका छन् । आफूले गरेको यो ठट्यौलीले धेरैको मन दुखेको भन्दै रोहितले फेरि इन्स्टाग्राममार्फत नै माफी मागेका छन् । अबका दिनमा यस्तो गम्भीर ठट्टा नगर्ने पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक ४.६६ अंकले बढ्यो