लागुऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत मंगलबार पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को१ख ४६३५ नम्बरको मिनीट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकको डालाभित्र आलुको बोराहरूले लुकाइछिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउँदै गरेको ७७५ किलोग्राम गाँजासहित चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३३ वर्षीय परीक्षण कुवँरलाई पक्राउ गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई २० किलोग्राम गाँजा र बा६४प १४३५ नम्बरको मोटरसाइकल, मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–६ का बिकुल राई र ज्ञानेन्द्र विकलाई तीन ग्राम ५०० मिलीग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–६ का प्रदीप मण्डललाई दुई ग्राम ५१० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रवक्ता थापाले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार