बरको रुखमा बाँधेर बालबालिका पिट्ने ४ महिला पक्राउ

बाराको जितपुर सिमरा उप-महानगरपालिकामा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै चार बालबालिकामाथि अमानवीय व्यवहार गर्ने आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइबा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेका अनुसार बालबालिकाहरूले मोबाइल चोरी गरेको भन्ने विषयलाई लिएर स्थानीय महिलाहरूले उनीहरूलाई बरको रुखको फेदमा डोरीले बाँधेर कुटपिट गरिएको थियो ।

पक्राउ परेका चारै जना विरुद्ध बालबालिका विरुद्धको कसुर मा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत कलैयाबाट थप अनुसन्धानका लागि ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले घटना’bout आवश्यक अनुसन्धान कार्य अघि बढाएको छ । घटना मंगलबारको भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल